
तनहुँमा दुई बस ठोकिदा ४३ घाइते
निर्माण सञ्चार, ११ फागुन, तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा दुई वटा यात्रु बस आइतबार विहान साढे नौ बजे दुर्घटना हुँदा ४३ जना यात्रु घाइते भएका छन् ।
मुग्लिनबाट दमौलीजाँदै गरेको ना ५ ख २८५६ र विपरित दिशाबाट जाँदै गरेको ना ७ ख २०६ नम्बरको बस एक आपसमा ठोकिँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विनोद सिलवालका अनुसार घाइतेको दमौली स्थित नेशनल एपोलो हस्पिटल १६ जना दमौली अस्पताल ३ जना र रत्नहरी अस्पतालमा २४ जनाको उपचार भइरहेको छ ।
थप उपचारको लागि भरतपुर उपमहानगरपालिका–३ का रघुनाथ सापकोटा, सोही उपमहानगरपालिका वडा नम्बर ५ का ६८ वर्षिय रविलाल रेग्मी, सिताराम सापकोटा, वडा नम्बर १८ का ४६ वर्षिय ढकमणी महतोलाई चितवन मेडिकल कलेज र कर्णबहादुर थापा मगरलाई मणीपाल शिक्षण अस्पतालमा उपचार भईरहेको एसपी सिलवालले जानकारी दिए ।
०००
प्रकाशित: २०७६ फाल्गुण ११
प्रकाशित: २०७६ फाल्गुण ११
February 23rd 2020
प्रतिक्रिया दिनुहोस्