काश्की उपनिर्वाचनः विद्याको जित सुनिश्चित, विजय उत्सवको तयारीमा नेकपा
कास्की । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईको जित निश्चित भएको छ ।
निर्वाचन कार्यालयका अनुसार अब तीनवटा वडाको मत गन्न बाँकी छ । पछिल्लो मत परिणाम अनुसार कुल ८ हजार ३६३ मत गन्न बाँकी रहँदा भट्टराईले कांग्रेसका खेमराज पौडेललाई ८ हजार ५ सय भन्दा बढी मतले पछि पारिसकेकी छन् ।
अहिले सम्म विद्याले २० हजार ७७९ मत प्राप्त गर्दा खेमराजले १२ हजार २५९ मत प्राप्त गरेका छन् । नेकपा कार्यकर्ता विजय उत्सवको तयारीमा छन् भने कांग्रेस कार्यकर्ता पराजय स्वीकार गरेर घर फर्किन थालेका छन् ।
गए रातिदेखि सुरु भएको मतगणना जारी छ । कास्की २ मा ७१ हजार ८ सय ७१ मतदाता थिए । यो निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको छ । ७१ हजार ८ सय ७१ मतदातामध्ये ६३ दशमलव ४० प्रतिशत मतदान भएको छ ।
प्रकाशित: २०७६ मंसिर १५
सोमबार विहान जनसभा
स्वर्गीय नेता रवीन्द्र अधिकारीको उक्त रिक्त स्थानमा अत्यधिक बहुमतले विजय सुनिश्चित भएपछि सोबार बिहान नेकपाले विजय जुलुसको समेत तयारी गरेको छ । बिहान ११ बजे चिप्लेढुङ्गा मानवअधिकार चोकबाट विजय जुलुस सुरु हुने छ भने जुलुस प्रदर्शनी केन्द्रमा गएर सभामा परिणत हुने छ । OOO पढौं यो पनिप्रकाशित: २०७६ मंसिर १५
December 1st 2019
प्रतिक्रिया दिनुहोस्