नेपाली समय: ०९:३०:०६ राती
वि.सं २०७७ साउन २४   शनिवार

जनता बैंकद्वारा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान र वैद्यनाथ वेद विद्याश्रमलाई ७ लाख १ हजार आर्थिक सहयोग

निर्माण सञ्चार, १९ मंसिर, काठमाडौं ।  जनता बैकले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवालाई आँखा उपचार सम्बन्धी क्रोनियल टोपोग्राफी मेसिन खरिदका लागि साढे चार लाख सहयोग दिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संस्थानका अध्यक्ष सागरप्रताप राणालाई चेक हस्तान्तरण गरे। नेपाल नेत्रज्योती संघबाट संचालित  संस्थान प्रमुख आँखा उपचार केन्द्रको रुपमा रहेको छ ।

बैंकले सुदुरपश्चिमप्रदेशको अछाममा रहेको वैद्यनाथक्षेत्र विकास संस्थालाई अक्षयकोष प्रयोजनार्थ २ लाख ५१ हजार सहयोग उपलब्ध गराएको छ। उक्त रकमको चेक सिइओ क्षेत्रीले संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा र संरक्षक तथापूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहरालाई हस्तान्तरण गरे।

सो संस्थाले अछाम जिल्लाको वैद्यनाथ क्षेत्रमा २०५५ साल देखि वेद विद्याश्रम संचालन गरिरहेको छ । यो सहयोग रकम विद्याश्रममा अध्ययनरत वटुकहरुको सहयोगको लागि खोलिएको अक्षयकोषमा जम्मा गरिने बैंकले जनाएको छ।

 

000



प्रकाशित: २०७६ मंसिर १९
December 5th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार