नेपाली समय: ०८:२३:१३ pm
वि.सं २०८३ भाद्र १   सोमवार

ग्रील तथा स्टील व्यवसायी संघ सुनसरीको साधारण सभा सम्पन्न

निर्माण सञ्चार, मंसिर २१, सुनसरी । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालमा आबद्ध ग्रील तथा स्टील व्यवसायी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ ।

सुनसरीको इटहरीमा ग्रील तथा स्टील व्यवसायी सघ सुनसरीको प्रथम साधारण सभाको उद्घाटन गर्दै प्रदेश सासंद सर्वध्वज सावाले ग्रील तथा स्टील उध्योग मैत्री नीति नियम बनाउन सहयोग गर्ने र सबैलाइ ब्यवस्थित उद्योग सन्चालन गर्न आग्रह गरे।

कार्यक्रमका विशिष्ट अतिथी ग्रील तथा स्टील ब्यवसायी महासघका अध्यक्ष मोहन कटुवालले अवैध किसिमले सञ्चालित ग्रील व्यवसायीहरुलाई सरकारको कानुनी दायरामा भित्र व्यवस्थित र मर्यादित भएर समयमै गुणस्तरीय सेवा प्रदान गर्न व्यवसायीलाई आग्रह गरे ।

अध्यक्ष कटुवालले देशभरि रहेका ११ हजार ग्रील तथा स्टील उधोग व्यवसायीहरुलाई  सरकारले ल्याएको न्युनतम परिश्रमिकलाई कार्यान्वयन गर्न पनि आग्रह गरे।

उनले भने,‘सामाजिक सुरक्षा कोष र अनिवार्य प्यान लिने बिषयमा सम्बन्धित मन्त्रालयसंग साना उद्योगीहरुलाई सहज किसिमले लागू गर्न उपयुक्त वातावरण बनाइदिन केही समयको माग भैरहेको छ।’

उनले त्यसको लागि सबैले आफनो क्षेत्रमा तयार रहन आग्रह गरे। उनले ग्रील तथा स्टील ब्यवसायीहरुका समस्या समाधानको लागि महासंघ तत्पर रहेको बताए।

कार्यक्रमका  सभापती सुनसरी जिल्ला अध्यक्ष बज्र सुब्बाले सरकारले ग्रील तथा स्टील उद्योगलाई सहज किसिमले दर्ता गर्ने र अबैध उद्या्गलाइ कानुनी दायरामा ल्याउने काममा सक्रियता देखाउनु पर्ने बताए । 

उनले ग्रील उद्योगमा देखियेको दक्ष जनशक्ती उत्पादनमा जोड दिनको सरकारसग आग्रह गरे ।

उक्त साधारण सभाले सोभितमान कटुवालको अध्यक्षतामा २१ सदस्यीय नया कार्यसमिती समेत चयन गरेको छ  ।

 

 

000



प्रकाशित: २०७६ मंसिर २३
December 9th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार