
उदयपुर अस्पतालको हालत बेहाल, युवाले थाले सुधारका पहल
निर्माण सञ्चार, मंसिर २३, उदयपुर । जतासुकै फोहरका थुप्रो, हेर्दै आङ जिरिङ हुने फोहरी र कवाडीमा परिणत भइसकेका बेड, कहिल्यै सफा नगरिएका तन्ना, जतासुकै फालिएका मेडिकल ग्लोब, वरिपरि पानी जम्ने खाल्डाहरू र मच्छर फैलाउने झाडी, यो कुनै सिनेमा सुटिङ गर्नका लागि बनाइएको भूतघरको दृष्य होइन ।
उदयपुरको गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरको नाजुक अवस्था झल्काउने दृष्य हो । बिहीबार जब जिल्ला फुटबल सङ्घको अगुवाइमा अस्पताल निरीक्षणका लागि उदयपुरे युवाहरू पुगे, त्यहाँका स्थिति देखेर उनीहरू आश्चर्यचकीत र आक्रोसित भए ।
‘बिमारी भएर उपचारका लागि जाने ठाउँमा बिमारी त सद्धे मानिस पनि जाँदा बिमारी हुने अवस्था देखेर हामीलाई दुःख लाग्यो,ु युवा समूहका नेतृत्व गरेर गएका अखिल नेपाल फुटबल संघ एन्फाका राष्ट्रिय प्रवक्ता किरण राईले भने, गरिब दुःखी उदयपुरे खासगरि त्रियुगा नगरपालिकाका जनसमुदायले उपचारार्थ प्रयोग हुने अस्पतालको अवस्था सुधार गर्नको लागि अस्पताल विकास समितिका अध्यक्ष जिसस प्रमुख खडग परियार तथा नगर प्रमुख बलदेव चौधरीको ध्यानाकर्षण गराएका छौं ।’
अस्पताल व्यवस्थापन प्रमुखलाई न्यूनतम सरसफाइ, अन्धकारमय अस्पतालको बत्ती मर्मत, अनावश्यक झाडी फडानी गर्नको लागि भनिएको राईले बताए ।
सरकारबाट निशुल्क उपलब्ध हुने ७० प्रकारको औषधि मध्ये २०(३० प्रकारको औषधि मात्र उपलब्ध भएको पनि फेला परेको उनले बताए ।
सबै समस्याहरू एक साताभित्र सुधार गर्ने प्रतिबद्धता लिएर आएको र यदि तोकिएको समयमा सुधारका लक्षण नदेखिए नागरिक सरोकारवालाको हैसियतले सामाजिक अभियान थलिने नेता राईले बताए।
०००
प्रकाशित: २०७६ मंसिर २३
प्रकाशित: २०७६ मंसिर २३
December 9th 2019
प्रतिक्रिया दिनुहोस्