नेपाली समय: ०३:१८:४६ बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

मादी नगरपालिकाको वडा कार्यालयमा अज्ञात ब्यक्तिद्वारा आगजनी

निर्माण सञ्चार, मंसिर २६, संखुवासभा । संखुवासभाको मादी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय आगजनी भएको छ ।

बुधबार राती वडा कार्यालय र सडक निर्माणको क्रममा रहेको डोजरमा अज्ञात ब्यक्तिले आगजनी गरेको मादि नगरपालिकाका प्रमुख बिदुर लिङ्थेपले बताए ।

स्थानीय चतनाथ दाहालको घर भाडामा लिएर सञ्चालन गरिएको वडा कार्यालयको सम्पुर्ण कागजातहरु नष्ट भएको छन् ।

वडा कार्यालयमा कस्ले र किन आगजनी गर्यो भन्ने कुनै कारण खुल्न नसकेको नगर प्रमुख लिङ्थेपले बताए ।

सोही समयमा मादी भित्रीने सडक निर्माणको काम गरिरहेको डोजरमा पनि आगलागी भएको छ ।

निर्माणाधीन स्काभेटर सगरमाथा कन्स्ट्रक्सन कम्पनीको क्याट डोजरमा आगो लगाईएको थियो । उक्त डोजर बज्रगुरु कन्स्ट्रक्सनले भाडामा ल्याएर चलाउँदै आएका थिए । डोजरसँगै एउटा बाइकपनि जलेर नष्ट भएको स्थानिय शम्भु कार्कीले बताए ।

 

 

000



प्रकाशित: २०७६ मंसिर २६
December 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार