नेपाली समय: ०२:१९:४२ बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

जोरपाटीमा ट्रक र अटो ठोक्‍किँदा २ को मृत्यु, २ जना घाइते

निर्मण सञ्चार, मंसिर २९, धरान । बसन्तपुरबाट धरानतर्फ जाँदै गरेको ट्रक र हिलेबाट जोरपाटी बजारतर्फ जाँदै गरेको ट्रक र अटो ठोक्‍किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जोरपाटी गाउँपालिका २ स्थित फलैचामा २ ह ६६११ नम्बरको अटो र ट्रक आइतबार दिउँसो १२ बजेतिर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा धनकुटा २ का अटोचालक २४ वर्षीय दशरथ पाख्रिन र छथर जोरपाटी गाउँपालिका १ का ४० वर्षीय सांगे शेर्पा रहेको सिधुवा प्रहरी चौकीका जवान रामचन्द्र कटुवालले जानकारी दिएका छन्।

दुर्घटनामा २ जना घाइते भएका छन् । घाइतेको धनकुटा अस्पतालमा उपचार भइरहेको छ। अटो तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनालगत्तै ट्रक र ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


०००



प्रकाशित: २०७६ मंसिर २९
December 15th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार