नेपाली समय: ०६:१४:१८ बिहान
वि.सं २०७९ जेठ १०   मंगलवार

पीपीएलः विराटनगरमाथि धनगढीको रोमाञ्चक जित

निर्माण सञ्चार, मंसिर ३०, पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा धनगढी ब्लुजले विराटनगर टाइटन्समाथि ५ रनको रोमान्चक जित हासिल गरेको छ ।

धनगढीका ब्लुजका कप्तान दीपेन्द्र सिंह एरीले अन्तिम ओभरमा सानदार बलिङ गर्दा १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले ९ विकेटको क्षतिमा ११२ रनमात्र बनाउन सफल भएको होे । 

विराटनगरलाई अन्तिम ओभरमा १५ रन आवश्यक थियो । पुनित मेहरा स्ट्राइकमा थिए। दीपेन्द्र सिंह ऐरीले पुनित मेहरालाई बोल्ड गरेसंगै धनगढीका ब्लुजलाई सफलता मिलेको थियो।

विराटनगरका ओपनर मुहम्मद जइद आलम र दिलिप नाथ खाता खोल्नै नपाइ आउट भएका थिए। कप्तान प्रदीप ऐरी १०, सुनील धमला १८ रन बनाएर आउट भए। विकेटकिपर ब्याट्सम्यान राजु रिजालले २५ रन बनाउन सके। नोमन खाले ११ रनको योगदान गरे।

बलिङमा कप्तान दीपेन्द्रले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए। सागर ढकालले २ विकेट झारे। कमलसिंह ऐरी, अमित यादव र अनिल खरेलले १–१ विकेट लिए।

पोखरा रंगशालामा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ११७ रनको सामान्य योगफल खडा गरेको थियो।

बिहानको ओसिलो पीचमा ब्याटिङ गरेको धनगढीका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् भने साझेदारी पनि राम्रो रहेन। कप्तान दीपेन्द्र सिंह ऐरी पहिलो बलमै आउट भएका थिए। सन्दीप सुनार र अमित यादवले समान ३ रन बनाउँदा सन्दीप जोरा ७ रनमा आउट भएका थिए।

नवौं नम्बरमा ब्याटिङमा आएका कमल सिंह ऐरीले सर्वाधिक २६ रनको योगदान गरेपछि धनगढीले सय रनको आँकडा पार गरेको थियो। कमलले २१ ब्लमा २ चौका र २ छक्का प्रहार गरे।

यसअघि मध्यक्रमका व्याट्सम्यान श्रीमान्था विजेयरत्नेले २५ रन जोडेका थिए। उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

यसबाहेक ओपनर रोड्रिगो थोमसले १६ रन बनाए। पुछारक्रममा आएका मन्जित श्रेष्ठले ११ रनको योगदान गरे। शौरभ खनाल १२ रनमा आउट भए। कमल सिंह ऐरीलेबलिङमा विराटनगरका शाहव आलमले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए। नोमन खानले २ विकेट झारे ।

पुनित मेहराले ४ ओभरमा १ मेडन ओभर सहित ७ रन खर्चेर १ विकेट लिए। किशोर महतो र मोहम्मद जइम आलमले १–१ विकेट लिन सफल भए ।

 

०००



प्रकाशित: २०७६ मंसिर ३०
December 16th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार