डिन महिला, सार्क डिप्लोमा तथा रत्नाज्ञको आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२०’का लागि पूर्वाधार विकास’ विषयक गोष्ठी हुने
निर्माण सञ्चार, पौष ३, काठमाडौं । डिप्लोमा ईन्जिनियर्स एशोसिएसन नेपाल (डिन) महिला विभाग, सार्क डिप्लोमा ईन्जिनियर्स फोरम, महिला कमिटी, रत्नाज्ञ लगाएतले पूर्वाधार विकास विषयमा कार्यशाला गोष्ठी कार्यक्रम गर्ने भएका छन् । ।
उक्त्त कार्यक्रम डिन महिला, सार्क डिप्लोमा तथा रत्नाज्ञको आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२०’का लागि पूर्वाधार विकास’ विषयमा केन्द्रित भई गोष्ठी सञ्चालन हुने छ ।
कार्यक्रका प्रमुख अतिथिका रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई तथा विषेश अतिथि पूर्व मन्त्री आनन्द पोखरेल रहेका छन् ।
भ्रमण वर्षको लागि सडक पूर्वाधारका के कस्तो छन, कसरी भम्रण सफल बनाउन सकिन्छ, भन्ने उद्देश्यले गोष्ठी कार्यक्रमको संचालन हुने महिला डिन प्रमुख विन्दिया कार्कीले बताइन् ।
‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सफल बनाउन आफुहरु पूर्वाधार क्षेत्रमा विकासको लागि सदैव तयार रहेको कार्कीले बताइन् ।
भ्रमण वर्ष सफल बनाउन हाम्रा पूर्वाधार अवस्था ठिक छन, या छैनन्, कसरी पर्यटकलाई मनोरञ्जनात्मक वातावरणको सिर्जना गर्ने र बढि भन्दा बढि सेवा सुविधा कसरी दिन सकिन्छ भन्ने बारेमा छलफल गरिने आयोजकले जानकारी दिएको छ ।
उक्त्त गोष्ठी कार्यक्रम काठमाडौं बत्तिसपुतलीस्थित विग फुडल्याण्डमा पौष ४, २०७६, शुक्रबार दिउसो ३ः०० बजे हुने आयोजकले जनाएको छ ।
०००
प्रकाशित: २०७६ पौष ३
प्रकाशित: २०७६ पौष ३
December 19th 2019
प्रतिक्रिया दिनुहोस्