नेफ्स्कूनको २८औं बार्षिक साधारणसभा सम्पन्न, पौड्यालको अध्यक्षतामा १९ सदस्यीय सञ्चालक समिति सहित ३ सदस्यीय लेखा समित चयन
निर्माण सञ्चार, पौष ६, काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को २८ औं बार्षिक साधारणसभाबाट चार बर्षे कार्यकालका लागि परितोष पौड्यालको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ ।
अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, महासचिव १, कोषाध्यक्ष १, सञ्चालक सदस्यहरु सात प्रदेशबाट १/१ जना, महिला ३ र खुला ४ गरी १९ सदस्यीय सञ्चालक समिति र संयोजक १ सहित ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको हो ।
निर्वाचित पदहरुमध्ये बरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल, महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा दामोदर अधिकारी, कोषाध्यक्षमा दीपक पनेरु, लेखा सुपरिवेक्षण समिति संयोजकमा नवराज सापकोटा र सञ्चालक सदस्यहरुमा मन्दरा मिश्र, रिना आचार्य र विद्या कोइराला निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी प्रदेशगत सञ्चालक सदस्यहरुमा प्रदेश नं. १ बाट गोमा नेपाल, प्रदेश नं. २ बाट हरेराम प्रसाद , प्रदेश नं. ३ बाट जिवसराज खड्का, गण्डकी प्रदेश बाट कमलादेवी गिरी, प्रदेश नं. ५ बाट सन्दिप सापकोटा, कर्णाली प्रदेशबाट यज्ञ प्रसाद ढकाल, सुदूरपश्चिम प्रदेशबाट माधव प्रसाद जोशी निर्विरोध निर्वाचित भएका छन् ।
साथै लेखा समिति सदस्यहरुमा शुसिल कुमार बस्नेत र सुभद्रादेवी महतो निर्विरोध हुनुभएको छ ।
अध्यक्ष पद र सञ्चालक चार सदस्य खुला पदका लागि निर्वाचन आयुक्त अधिबक्ता रामचन्द्र सिंम्खडाको संयोजकत्वमा आज सम्पन्न निर्वाचनबाट अध्यक्षमा परितोष पौड्याल, खुला पदमा घनश्याम अधिकारी, न्हुछे नारायण श्रेष्ठ, जनक खत्री र चण्डी प्रसाद शर्मा पौडेल निर्वाचित भएका छन् । अध्यक्ष पदमा निर्वाचित परितोष पौड्याल ११५६ मत प्राप्त भएकाेमा सोही पदका प्रत्यासी दिपक थापाले २६५ मत प्राप्त गरेका थिए । चार खुला सञ्चालक सदस्य पदमा चण्डी प्रसाद शर्मा पौडेलले १२८०, घनश्याम अधिकारीले १२७९, न्हुछे नारायण श्रेष्ठले १२१५ र जनक खत्रीले १२१३ मत ल्यायी विजयी भएका हुन् । खुला पदका प्रत्यासी मनमोहन शर्माले ३१८ र जगनाथ प्रजापतीले २७्र५ मत प्राप्त गरेको हुन् । संघमा आबद्ध सदस्यहरुमध्ये नविकरण भएका कुल २८२७ संस्थाबाट १८६५ प्रतिनिधिको उपस्थिति रहेको थियो । निर्वाचन विद्युुतीय भोटिङ मेसिनबाट सम्पन्न भएको थियो । ०००
प्रकाशित: २०७६ पौष ६

December 22nd 2019
प्रतिक्रिया दिनुहोस्