नेपाली समय: १२:००:०५ am
वि.सं २०७७ आश्विन १५   बिहीवार

डिन महिला विभाग र रत्नाज्ञको अन्तरक्रियाः पर्यटन पूर्वाधार विकासका लागि सरकार गम्भीर बन्नु पर्नेमा जोड

निर्माण सञ्चार, ६ पुस, काठमाडौं । डिप्लोमा ईन्जिनियर्स एशोसिएसन नेपाल (डिन) महिला विभाग र  सामाजिक संस्था रुपमा रहेको रत्नाज्ञले पर्यटन पूर्वाधार विकास विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा डिप्लोमा इन्जिनियर्स एसोसिएसन महिला विभाग र रत्नाज्ञ मिलेर राजधानीमा एउटा अन्तरक्रिया कार्यक्रम गरेको हो । 

उक्त कार्यक्रमको उद्घाटन पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले गरेका थिए । 

कार्यक्रममा विषेश अतिथिको रुपमा रहेका मन्त्री पोखरेलले लगानी नगरी आर्थिक रुपमा आम्दानी गर्न सकिने पेशा, व्यवसाय नै पर्यटन रहेका बताए । 

‘विश्वमा नपाइने ६ वटा कुरा नेपालमा पाइन्छ, उनले भने, ‘पूर्व मेची देखि पश्चिममा महाकाली, सगरमाथा देखि तराईका फाट, विभिन्न भौगोलिक बनावटको हावा पानी, प्राकृतिक शौन्दर्यता, जलविद्युतको लागि प्रचुर सम्भावना रहेको देश हाम्रौ हो ।’ 

भ्रमण वर्ष एउटा अवसर रुपमा रहेको जसले देशको आर्थिक रुपमा समेत सहयोग पुग्ने भन्दै मन्त्री पोखरेलले सम्पूर्ण नेपालीलाई सकारात्मक रुपमा भ्रमण वर्ष सहयोग पुर्र्याउन आग्रह गरे ।        

‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सफल बनाउन आफुहरु प्राविधिक रुपमा पूर्वाधार क्षेत्रमा विकासको लागि सदैव तयार रहेको कार्कीले बताइन् ।

‘नजिकिदै गरेको भ्रमण वर्षको राष्ट्रपतिले रगंशालाबाट समउद्घाटन गर्दै हुनुहुन्छ, उनले भनिन्, ‘भ्रमण वर्षमा राम्रो सहभागिता लागि आफुहरु प्राविधिक लेवलमा काम गरिरहदा यस क्षेत्रको सुरक्षाको बारेमा सकारात्मक सन्देश प्रवाह गरी पूर्वाधार क्षेत्रको अवस्थाको बारेमा सरकारलाई समेत जानकारी गराउन कार्यक्रम गरेका हौ ।’ 

विकास पूर्वाधारमा रहेका चुनैतिको बारेमा अन्तक्र्रिया गर्दै यसले भम्रण वर्षको लागि दियो बालेर उज्यालो दिने दियोको रुपमा आफु लागिरहेको कार्कीले बताइन्

भ्रमण वर्ष सफल पार्न पूर्वाधार क्षेत्रको विकासमा सरकार गम्भीर बन्नु पर्ने भन्दै कार्यक्रमा बक्ताले आफ्ना धारणा राखेका थिए । 

विभिन्न ३ वटा कार्यपत्र सहित सम्पन्न उक्त कार्यक्रमको उद्देश्य भ्रमण वर्षलाई सफल बनाउन आवश्यक पर्यटन पूर्वाधार विकासमा जोड दिनु पर्ने आयोजकको भनाइ थियो ।

डिन महिला विभाग प्रमुख समेत रहेकी विन्दिया कार्कीको नेतृत्वमा भएको उक्त कार्यक्रममा डिन सम्बद्ध विभिन्न क्षेत्रका महिला तथा पुरुष इन्जिनियरहरुको सहभागिता थियो । 

सुनौं निर्माण मिडिया नेटवर्कसँगको भिडियो साक्षात्कारमा आयोजकले जे बतायो त्यही जस्ताको तस्तै–

https://www.youtube.com/watch?v=pPpC1cRz70M  

 

०००



प्रकाशित: २०७६ पौष ६
December 22nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार