नेपाली समय: ११:१९:२० राती
वि.सं २०७७ आश्विन १४   बुधवार

कहिले बन्छ डिप्लोमा इन्जिनियरिङ काउन्सिल, सरकार ?

निर्माण सञ्चार, पुस १४, काठमाडौं । नेपालमा इन्जिनयिरिङ काउन्सिल छ । तर, डिप्लोमा इन्जिनियरिङ क्षेत्रमा कार्यरत इन्जिनियरहरु आफ्नो क्षेत्रलाई नियमन गर्ने काउन्सिल नभएको भन्दै डिप्लोमा इन्जिनियरिङ काउन्सिल निर्माणका लागि लागिपरेका छन् ।

अभियानमा वर्तमान डिन नेतृत्व र यसका सल्लाहकार समेत रहेका इन्जिनियर बर्मलाल राजभण्डारीले नेतृत्वदायी भूमिका खेलिरहेका छन् ।

सरकार आफैले नियमन गर्नु पर्ने निकायलाई आफैले ऐन कानुन बनाउनु पर्ने ठाउँमा सम्बन्धित निजी क्षेत्रले माग गर्दा पनि बनाउन आनाकानी गरिरहेको सरोकारवालाहरुको भनाइ छ ।

निर्माण मिडिया भिडियो साक्षात्कारमा डिन अध्यक्ष कामेश्वर सिंह सहित सल्लाहकार राजभण्डारीले जे भने, जस्ताको तस्तै–

डिप्लोमा एन्जिनियर एसोसिएसन यति बेला के गर्दै छ, अहिले ?

डिप्लोमा इन्जिनियरिङ एशोसिएसन यति बेला फुर्सद पाको छैन । हामी वास्तवमा देशको निर्माणको काममा लागि राखेकै छौ, देशमा जतिबेला जुन चिजको खाचो हुन्छ । हामी त्यसमा लागि परेकै हुन्छौ । हामीले २०१८ मा ठुला ठुला कन्फ्रेन्स गर्र्यो । एउटा नेसनल कन्फ्रेन्स अर्कौ चाहि इन्टरनेसनल कन्फ्रेन्स गर्यो । 

देशको निर्माणमा गाइड गर्नु पर्नै प्राविधिकहरुलाई कसरी खपत गर्न सकिन्छ , कसरी दर्वन्दी निर्धारण गर्न सकिन्छ र उहाँहरुलाई आफनो सुरक्षा कसरी बोध हुन्छ, भन्ने दुई खालको कन्फ्रेन्स संचालन गरेका थियौ । ती दुइवटै कन्फ्रेन्सले नेपाललाई ठुलो गाइड लाइनको रुपमा अगाडि बढाँउछ । 

सरकार यी काम प्रति कतिको कन्भेन्स भएको पाउनु हुन्छ ?

सरकारले हामीलाई नोक गर्न जान्दैन हामीले हाम्रो दायित्व आफैले नोक गर्छौ । हाम्रा पदाधिकारीहरु देखि लिएर हाम्रा जति पनि साथीहरु हुनुहुन्छ, उहाँहरु  बिहान ७ बजे देखि बेलुका १० बजे सम्म काम गर्नु हुन्छ । त्यो बिचमा संस्थाको काम गर्न धेरै ठुलो काम हो हाम्रो । 

२०७२ साल वैशाख १२ गत्ते नेपालमा ठुलो भुकम्प आयो । त्यो भुकम्पको बेलामा पनि हामी चुप लागेर बसेनौ । राज्यले हामीलाई आह्वान गरेन, तर हामीहरु गाउँ गाउँमा गएर आफैले घर बनाएर दिएका छौ ।

इन्जिनियर सेक्टरको काउन्सिल छदै छ , तर डिप्लोमा इन्जिनियरिङ सेक्टरको काउन्सिल गर्ने कुरा थियो कहाँ पुग्यो ?

अहिले विधेयक समितिमा छलफलमा भइरहेको छ। अहिले विधेयक समितिमा छ, मलाई जहाँ सम्म लाग्छ , अहिलेको राज्यले यो आवश्यकतालाई एकदमै जरुरी महशुस गर्यो भने निकट भविष्यमै हाम डिप्लोमा इन्जिनियरहरुको पनि काउन्सिल पाउँछौ । 

त्यस पछि आफुलाई हामी लाई काम गर्न लाई अलि कति उत्साहित हुन्छ । हामीलाई भन्दा पनि राज्यलाई फाइदा छ । हामीलाई कसरी त्यसलाई कन्ट्रोल गर्ने राज्यको हातको कुरा हो ।

अब बन्ने काउन्सिल कस्तो हुन्छ ?

अनधिकृत मान्छे नेपालमा आएर काम गर्न नसकोस, नेपालका प्राविधिकहरु यतिका इमान्दार छन् । मेहेनती छन् आफनो दायित्व प्रति बफादार छन् भने त्यसलाई छोडेर , त्यो  अनधिकृत मान्छे भित्रिएको समेत राज्यलाई थाहा हुदैन । 

त्यस कारणले गर्दा यो काउन्सिल आउनु एकदम जरुरी छ । काउन्सिल आए पछि यस्ता किसिमको समस्या आफैँ फिल्ट्रेसन  भएर आउँछ । 

तपाईकै कार्यकालमा काउन्सिल बन्छ त ?

मैले त धेरै पहिला देखि सोचेको थिए । मेरो यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा नै मैले टारगेट लिएर आको थिए । तर हाम्रो राज्यको परिस्थिति यस्तै हो । 

डिप्लोमा इन्जिनियर एशोसियसनले लामो समय देखि आफ्नो काउन्सिलको माग गरेको थियो , के छ काउन्सिल बन्दै छ ?

डिप्लोमा इन्जिनियर एशोसिएसनले लामो समयदेखि डिप्लोमा इन्जिनियरिङले काउन्सिलेको लागि  सरकारसँग माग गरिसकेको छ । अहिले डिप्लोमा इन्जिनियरिङ  काउन्सिलको माग बमोजिम सम्बन्धित मन्त्रालय पुगेको छ । 

भौतिक योजना मन्त्रालय बाट करिब अन्तिम चरणमा पुगेर कानुन मन्त्रालय अर्थमन्त्रालय सबै तह बाट स्वीकृत लिएर अहिले मन्त्री परिषदको विधेयक समिति बाट छलफलमा ल्याइ सकेपछि मन्त्री परिषदमा जान्छ , मन्त्री परिषद बाट संसद् समितिहरुमा पेश हुन्छ । 

यो लामो समय देखि माग गरिएको हो तर माग पूरा भैराख्या छैन किन अल्मली राखेको छ, काम त बन्छ ?

काम बन्छ, लिडर  काउन्सिल भनेको पहिले नै अब आइसकेको संशोधन मात्रै हो । हाम्रो भनेको यो नयाँ विधेयक ल्याउने परेको हुनाले विभिन्न निकायहरुको विभिन्न क्षेत्रको छलफलमा ल्याएको हुनाले सरकारको विभिन्न निकायहरु संस्थाहरु बाट सहमति लिनु पर्नै भएकाले सायद समय लागेको हो । अब हामीले विभिन्न क्षेत्रमा विभिन्न व्यक्तिहरुलाई विभिन्न निकायहरुमा हामीले यो लभिङ गरिरहेका छौ । 

हामीले काउन्सिल बन्ने काम चाडै नै हुन्छ भन्ने आशा राखेका छौ । सरकारले पनि अब डिप्लोमा इन्जिनियरहरुलाई जस्तो आफ्नो ऐन नियम भित्र ल्याएर आफनो क्षेत्र भित्र ल्याएसकेपछि सबै लाई एेनमा बाध्न सकिन्छ भन्ने सोचेर चाडो भन्दा चाडो सबै क्षेत्र बाट सहयोग हुन्छ भन्ने आशा गरेका छौं ।

https://www.youtube.com/watch?v=vfrIKF32AQU&t=115s ०००
 



प्रकाशित: २०७६ पौष १५
December 31st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार