नेपाली समय: ०३:१४:२९ बिहान
वि.सं २०८१ मंसिर २३   आइतबार

राजदूत यान्छीले गरिन् नेपाल भ्रमण वर्षको स्वागतः भनिन्, ‘प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुन्दर नेपाल साच्चिकै घुम्‍न लायक छ'

निर्माण सञ्चार, १५ पुस, ०७६, काठमाडौं । चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण वर्षको सफलताका लागि चिनियाँ पर्यटक पठाउने सन्देश दिए लगत्तै भ्रमण वर्षको सफलताका लागि लागेको चिनिया दूतावासको पछिल्लो शैलीले आसन्न नेपाल भ्रमण वर्षको स्वागत गरेको छ ।

  • पछिल्ला दिनमा नेपालमा आउने पर्यटकको संख्यामा पनि चिनियाँ पर्यटक नै बढी रहेको देखिएको छ 
नयाँ वर्ष २०२० को पहिलो दिनबाट सुरु हुन लागेको नेपाल भ्रमण वर्षलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फरक शैलीले स्वागत गरेपछि यतिबेला उनी चर्चामा छिन् ।राजदूत शैलीलाई लिएर सार्वजनिक मिडिया तथा सामाजिक सञ्जालहरुमा पनि उच्च चर्चा सुरु भएको छ ।

राजदूत यान्छीले मंगलबार आफ्नो सामाजिक संजाल ट्विटरमा आफ्ना चार सुन्दर तस्वीर सार्वजनिक गरेपछि यसको चर्चा सुरु भएको हो ।

आफ्नो उक्त तस्वीरहरु मार्फत् राजदूत यान्छीले भ्रमण वर्षको सफलताको शुभकामना दिएकी हुन् ।

राजदूत यान्छीले आफ्नो ट्विटमा लेखेकी छिन– ‘प्राकृतिक सौन्दर्यले सदैव भित्री मनलाई छुन्छ। विविधता, इतिहास र प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुन्दर नेपाल साच्चिकै घुम्‍न लायक छ।’

राजदूत यान्छीले उक्त ट्विट संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई समेत मेन्सन गरेकी छन् ।

 

https://twitter.com/PRCAmbNepal/status/1211914509914230784  

आफ्नो तस्वीरमा नेपालका सम्पदा तथा प्राकृतिक सौन्दर्यको चित्रण गरेकी यान्छीले आफूलाई रातो गुलाबी कलरका भेषभूषामा आफूलाई देखाएकी छन् ।

 

 

०००



प्रकाशित: २०७६ पौष १५
December 31st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार