सनराइज बैंकको ४३ औं शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको मोलुङमा
निर्माण सञ्चार, पुस १६, मोलुङ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ ओखलढुङ्गाको मोलुङमा ४३औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
मंगलबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवाको एजेन्टरप्रतिनिधि गोपाल तामाङलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै मोलुङ गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष रामकाजी तामाङ तथा बैंकका प्रदेश १ का प्रतिनिधी पुर्ण बहादुर थापाले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।
हालसम्म बैंकले १२९ वटा शाखा,४३ वटा शाखारहित बैंकिङ्ग सेवाहरु, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै बैंकले आफ्ना सेवा विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दैजाने योजना रहेको जनाएको छ ।
०००
प्रकाशित: २०७६ पौष १६
प्रकाशित: २०७६ पौष १६
January 1st 2020
प्रतिक्रिया दिनुहोस्