भ्रमण वर्ष २०२०ः सनराइज बैंकको अफर, संग्रीला होटलमा विशेष छुट
निर्माण सञ्चार, पौष १६, काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’लाई मध्यनजर गर्दै सनराइज बैंकले आफ्ना ग्राहकहरुको सुविधाको लागि छुट दिने उदेश्यले होटल संग्रीलासंग सम्झौता गरेको छ ।
बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ ।
सनराइज बैंक तथा होटल संग्रीला बीच बैंकका ग्राहकहरुलाई होटल संग्रीलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले food, beverages, bakery, sauna and swimming जस्ता सुविधाको भुक्तानी गर्दा बैंकको के्र्रडिट तथा डेविट कार्ड देखाएर वा कार्ड मार्पmत भुक्तानी गरेर १५% सम्मको छुटको व्यवस्था गरीएको छ ।
उक्क्त सुविधा बैंकका ग्राहकहरुले नेपाल भ्रमण वर्ष २०२०मा उपयोग गर्न सक्ने भएका छन् ।
०००
प्रकाशित: २०७६ पौष १७
प्रकाशित: २०७६ पौष १७
January 2nd 2020
प्रतिक्रिया दिनुहोस्