नेपाली समय: ०८:२३:०६ pm
वि.सं २०८३ भाद्र १   सोमवार

ग्रील तथा स्टील व्यवसायी संघ सानो भर्याङको छैठौ‌ं साधारण सभा सम्पन्न

निर्माण सञ्चार, पुस १९, काठमाडौं ।  ग्रील तथा स्टील व्यवसायी संघ सानो भर्र्याङ्को साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौंको ग्रील तथा स्टील व्यवसायी सघ सानो भर्र्याङ्क समितिको छैटौं साधारण सभाको उद्घाटन गर्दै ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले ग्रील तथा स्टील उध्योग मैत्री नीति नियम बनाउन सहयोग गर्ने र सबैलाइ ब्यवस्थित उद्योग सन्चालन गर्न आग्रह गरे।

अवैध किसिमले सञ्चालित ग्रील व्यवसायीहरुलाई सरकारको कानुनी दायरामा भित्र व्यवस्थित र मर्यादित भएर समयमै गुणस्तरीय सेवा प्रदान गर्न व्यवसायीलाई आग्रह गरे ।

उक्क्त कार्यक्रमका साभापती उत्तम श्रेस्ठले घरघरमा गएर काम गर्ने बैधानिक ब्यवसायिहरुको कारण स्थापित बैध उध्योगहरु संकटमा परेको हुदा सो को रोकथामको लागि पहल गर्न महासंघलाइ आग्रह गरेका हुन् । 

श्रेष्ठ देशभरि रहेका ११ हजार ग्रील तथा स्टील उधोग व्यवसायीहरुलाई  सरकारले ल्याएको न्युनतम परिश्रमिकलाई कार्यान्वयन संगै ग्रील जन्य सामानको आयातलाइ प्रतिस्थापन गर्न ठूलो टेवा पुगेको हुदा यो व्यवसायलाइ अझ बडि ब्यवस्थित र सक्षम बनाउन सरकारले प्रबर्द्धनात्मक कार्यक्रम ल्याउनु पर्ने बताए ।

एक लाख ६० हजारले रोजगारी दिदै आएको ग्रील तथा स्टील व्यवसायमा वार्षिक ५० अर्ब भन्दा बढिको कारोबार गर्ने गरेको कटुवालले बताए । 

उनले भने, रोजगारी दिन सक्ने अवस्थामा रहेको बताउदै अध्यक्ष कटुवालले ग्रील तथा स्टील व्यवसायलार्इ ब्यवसायिक पहिचान दिलाउन महार्सघले सरकारका सम्बन्धित निकायमा पहल गरिरहेको बताए ।

भुकम्प पछाडी यस व्यवसायको आवश्यकता अझै बढेको हुदा सबै व्यवसायीहरुले थप सुधार सहित पुर्ण क्षमतामा उद्योग र्सञ्चालन गर्ने आधुनिक प्रबिधि अगाल्नु बिकल्प नरहेको बताउदै उत्कृष्ट व्यवसायीलाई सम्मान समेत गरेको हुन् ।

 

०००



प्रकाशित: २०७६ पौष २०
January 5th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार