नेपाली समय: ०३:३६:२१ बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

दुहबीको पशुपति बिस्कुट उद्योगमा आगलागी

निर्माण सञ्चार, पुस २३, सुनसरी । सुनसरीको दुहबीस्थित पशुपति बिस्कुट उद्योग आगलागी भएको छ ।

उक्त्त बिस्कुट उद्योगमा मंगलबार राति करिब ८ बजे लागेको आगो मध्यरात साढे १२ बजेमात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आगो नियन्त्रणमा लिन विभिन्न स्थानबाट पाँच वटा वारुणयन्त्र पुगेका थिए । स्थानीय, उद्योगका कामदार तथा प्रहरीसमेत खटिएका थिए ।

उद्योग सञ्चालकले लाखौंको क्षति भएको बताए पनि प्रहरीले भने क्षतिको पूर्ण विवरण आइनसकेको जनाएको छ ।

बाटो साँघुरो भएका कारण बारुण यन्त्र आगलागी भएको स्थानसम्म लैजान समस्या भएको थियो ।

 

 

०००



प्रकाशित: २०७६ पौष २३
January 8th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार