नेपाली समय: ०१:१२:५७ बिहान
वि.सं २०७८ कार्तिक ८   सोमवार

कन्ट्र्याक्टरका कारण गौतम बुद्ध विमानस्थलको ३ महिना समय थपिदै, ८६ प्रतिशत काम सम्पन्न

निर्माण सञ्चार, पौष २३, काठमाडौं । एक वर्ष भित्र निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको समय फेरि ३ महिना थप गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्ड संचालक समितिले ३ महिनाको लागि समय थप गर्ने  बताएको छ । 

प्राधिकरणका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार कन्ट्रयाकटरले फाइनानसियल म्यानेजमेन्ट प्रोजेक्टमा आवश्यक रकम ब्यवस्थापन गर्न नसक्दा समय थप गर्न लागिएको जानकारी दिएका छन् । 

प्राधिकरणका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार कन्ट्रयाकटरले फाइनानसियल म्यानेजमेन्ट प्रोजेक्टमा आवश्यक रकम ब्यवस्थापन गर्न नसक्दा बिमानस्थलका लागि आवश्यक उपकरणहरुका लागि  ल्याउनु पर्ने उपरकण समयमै नआएकाले समय थप गर्नुपर्ने अवस्था आएको अधिकारीले जानकारी दिएका छन् ।

 प्राधिकरणले अहिले ३१ मार्च सम्मका लागि समयावधि थप गर्ने तयारी गरेको छ । यसअघि थप गरेको समयसीमा भने ३१ डिसेम्बर २०१९ देखि समाप्त भएको थियो । आयोजना प्रमुख अधिकारीका अनुसार उपकरण ल्याउन र जडान गर्न थप केही समय लाग्ने जानकारी दिएका छन् । 

 हाल सो आयोजनाको भौतिक प्रगति भने ८६ प्रतिशत सम्पन्न भईसकेको छ । सरकारले २०१९ भित्रै बिमानस्थल संचालनमा ल्याउने योजना बनाए पनि बिभिन्न कारणले गर्दा समयमै संचालनमा ल्याउन नसकिएको प्रमुख अधिकारीको भनाई छ । 

संचालन योग्य संरचना तयार गर्न मार्च अन्तिमसम्म लाग्ने आयोजनाको अनुमान रहेके र बिमानस्थल कहिले संचालन गर्ने भन्ने विषय भने प्राधिकरण र मन्त्रालयमा निहित हुने आयोजना प्रमुख अधिकारीले बताए ।

 भैरहवामा निर्माणाधीन उक्त विमानस्थल सञ्चालनको जिम्मा म्यूनिख बिमानस्थल संचालन गरिरहेको जर्मन कम्पनीलाई दिने तयारी गरिएको बताएका छन् । तर, संचालन जिम्मा र कुन मोडलमा गर्नै भन्ने र अझै कसलाई दिने भनेर कुनै टुङ्गो नलागेको प्राधिकरणले जानकारी दिएको छ । अहिले कसलाई दिने वा नदिने भन्ने विषय छलफलमा नै रहेको बताइका छन् ।

प्राधिकरणका अनुसार उक्त विमानस्थलको ब्यवस्थापन लगायतका विषयमा जर्मन कम्पनीले प्रस्ताव ल्याएको थियो ।  

 स्रोतका अनुसार विमानस्थल, कार्गो, सुरक्षालगायतका विषय कसले संचालन गर्ने भनेर अहिले छलफल भइरहेको र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलियाबाट फर्के लगतै टुङ्गोमा पुग्ने पनि प्राधिकरणले जानकारी दिएको छ । 

तर, मन्त्री भट्टराईले भने लुम्बिनी बिमानस्थल जीटुजी मोडलमा सञ्चालन गर्ने बताउँदै आएका छन् । उक्त विमानस्थल सञ्चालन गर्न जर्मन कम्पनीले ठोस प्रस्ताव राखेको र अब निर्णय गरेर दिन मात्रै बाँकी रहेको मन्त्री भट्टराईले बताउँदै जानकारी दिदै आएका छन् ।

 

०००



प्रकाशित: २०७६ पौष २३
January 8th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार