नेपाली समय: ०९:२३:१६ राती
वि.सं २०७७ साउन २४   शनिवार

‘भ्रमण वर्ष २०२०’को लागि सात प्रदेशका यी हुन १०० गन्तव्य

निर्माण सञ्चार, पौष २२, काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’को लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरमा १०० वटा पर्यटकिय गन्तव्य सूचि सार्वजनिक गरेको छ । 

भ्रमण वर्षभरीमा २० लाख पर्यटक भित्राउने नेपाल सरकारको लक्ष्य सहित पर्यटकिय गन्तव्यको घोषणा गरेको हो । 

अंग्रेजी नयाँ वर्षको पहिलो दिनमा  सरकराले देशैभर आन्तारिक तथा बाहिरी पर्यटकहरुका लागि विभिन्न कार्यक्रमहरु आयोजना सहित भ्रमण वर्षको उद्घाटन गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच भ्रमण वर्षको सुरुवात गरेकी थिइन् ।

भ्रमण वर्षकोलागि सात वटै प्रदेका ७७ जिल्लाका एक सय पर्यटकीय गन्तव्यको रूपमा घोषणा गरिएका ठाउँहरूको पूर्वाधार विकास गर्ने लक्ष्य लिएर सरकार अघि बढिरहेको मन्त्रालायले जनाएको छ। 

सरकारले घोषणा गरेका सात प्रदेशका ७७ जिल्लाका पर्यटकीय गन्तव्यको सूची ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका पर्यटकिय गन्तव्य

 

१.बाजुरा

कोल्टी–बुडीनन्दा (बडिमालिका पदमार्ग) र बडिमालिका।

२.बझाङ

दुर्गाथली गाउँपालिका–७ को गोरखनाथ मन्दिर पैदलमार्ग।

३.डोटी

बडिकेदार धार्मिक पर्यटकीय क्षेत्र र खप्तड, शैलेधरी।

४.अछाम

मंगलसेन नगरपालिका–३ को सूर्यकोट मस्तादेवी पर्यटन क्षेत्र र रामारोसन।

५.दार्चुला

मालिकार्जुन गाउँपालिकाको मालिकार्जुन र अप्पिनाम्पा संरक्षण क्षेत्र।

६.बैतडी

पाटन नगरपालिका–६ को सिद्धनाथ उदयदेव धार्मिकस्थल र त्रिपुरासुन्दरी।

७.डडेलधुरा

अमरगडी नगरपालिकाको अमरगडी–उग्रतारा।

८.कञ्चनपुर

रौटेला झम्केली ब्रह्मदेवधाम धार्मिक विकास क्षेत्र, बेलैरी नगरपालिकाको चन्दा ताल कोटीहोम पर्यटकीय क्षेत्र, चाँदनी–दोधारा क्षेत्र

९.कैलाली

बर्दगोरिया गाउँपालिकाको बर्दगोरिया मन्दिरधाम, घोडाघोडी ताल, टीकापुर सर्किट, भादगाउँ।

 

कर्णाली प्रदेशकाे १० जिल्लाका पर्यटकिय गन्तव्य

 

१.सल्यान

कुभिन्डे दह।

२.डोल्पा

त्रिपुरासुन्दरी धार्मिक पर्यटकीय क्षेत्र र शेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज

३.जुम्ला

डुडुल चैत्य र सिंजा सभ्यता।

४.हुम्ला

सिमी उपत्यका।

५.मुगु

रारा–शेफोक्सुन्डो (लेक टु लेक टेकिङ) र रारा ताल।

६.कालिकोट

पचालझरना गाउँपालिकाको पचाल झरना।

७.जाजरकोट

भेरी नगरपालिकाको खलंगा दरबार क्षेत्र।

८.दैलेख

नारायण नगरपालिकाको कोतगढी (पञ्चदेवल–बेलासपुर) र पञ्चकोशी ज्वाला क्षेत्र।

९.सुर्खेत

गिद्देडाँडा पर्यटकीय क्षेत्र र पञ्चपुर नगरपालिका ८ र ९ को जाजुरा दह (मुसी ताल, मादले गुफा, शिव गुफालगायत), काँक्रेबिहार, मदन–आश्रित पार्क। वीरेन्द्रनगर नगरपालिकाको देउतीबज्यै।

१०.रुकुम पश्चिम

बोतामकोट चिवी साहसिक पदमार्ग।

 

प्रदेश नं. ५ काे  १२ जिल्लाका पर्यटकिय गन्तव्य

 

१.नवलपरासी पश्चिम

रामग्राम र बाल्मीकि आश्रम।

२.रूपन्देही

बाउन्नकोटी वनवाटिका, सैनामैना पर्यटकीय क्षेत्र, लुम्बिनी, ग्लोबल पिस पार्क बुटवल।

३.कपिलवस्तु

जगदीशपुर ताल, कपिलवस्तु नगरपालिका–२, सागर ताल र निग्लिहवा, मायादेवी तिलौराकोट पैदल परिपथ।

४.पाल्पा

रामपुर नगरपालिकाका तालपोखरी रम्भादेवी मन्दिर पर्यटन क्षेत्र र तानसेन (रानीमहल श्रीनगर)

५.अर्घाखाँची

पाणिनी गाउँपालिकाको पाणिनी तपोभूमि र सुपा देउराली।

६.गुल्मी

रेसुङ्गा नगरपालिकाको रेसुङ्गा तपोभूमि, भगवती मन्दिर पर्यटकीय क्षेत्र र रुरु गाउँपालिका, रुरुक्षेत्र, सत्यवती पर्यटन तथा धार्मिक क्षेत्र।

७.रुकुम पूर्व

ढोरपाटन मैकोट सेफोक्सुन्डो पर्यटन मार्ग र गुरिल्ला टेयल।

८.रोल्पा

जलजला।

९.प्युठान

रक गार्डेन, ओखरकोट डाँडा, झिमरुक र स्वर्गद्वारी।

१०.दाङ

बगरबाबा धार्मिकस्थल।

११.बाँके

डडुवा गाउँपालिका–५ को कम्मर शाह मजार धार्मिक पर्यटकीय क्षेत्र र बाघेश्वरी मन्दिर, गावरभ्याली, बाँके राष्ट्रिय निकुञ्ज (बारा संरक्षण र साइनेज)

१२.बर्दिया

बाँसगढी नगरपालिकाको ओम् केदारेश्वर धाम धार्मिक पर्यटकीयस्थल र बर्दिया नगरपालिकाको शिवमन्दिर धार्मिक पर्यटकीय स्थल, जोगी गाउँ, बर्दिया राष्ट्रिय निकुञ्ज, डल्ला होमस्टे, कृष्णसार संरक्षण क्षेत्र।

 

गण्डकी प्रदेशकाे ११ जिल्लाका पर्यटकिय गन्तव्य
 

१.गोरखा

चुमनुव्री गाउँपालिकाको चुमभ्याली र मनकामना मन्दिर, गोरखा दरबार, आरुघाट, धार्चे गाउँपालिकाको मनास्लु सर्किट टेयल।

२.लम्जुङ

काउलेपानीको घलेगाउँ।

३.तनहुँ

तनहुँ कालिका शहीद तथा शान्त पार्क, व्यास–४, सिद्धगुफा, भिमान र बन्दीपुर।

४.कास्की

मौजा (होम स्टे), सिक्लेश पर्यटकीय क्षेत्र, पोखरा, सारङकोट, पञ्चासे, पुम्दीकोट।

५.मनाङ

नार्फु टेयल (सेभेन पास टेयल) र तिलिचो ताल, अन्नपूर्ण पदमार्ग।

६.मुस्ताङ

लोमान्थाङ दरबार र गुफा क्षेत्र, मुक्तिनाथ, जोमसोम, दामोदर कुण्ड।

७.पर्वत

दुर्लुङ क्यानोनिङ्ग, केभिङ्ग, होमस्टे, कुस्मा–३०, महाशिला र शालिग्राम सेतीवेणी, मुसेधर गुफा।

८.स्याङ्जा

पुतलीबजार नगरपालिकाको सतौं चण्डिकालिका क्षेत्र, कालीगण्डकी गाउँपालिकाको आलमदेवी र सिरुबारी। भिरकोट नगरपालिकाको स्वेरक मैदान प्याराग्याइडिङ।

९.बाग्लुङ

भकुण्डे भैरवस्थान गाजाको दह, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको ढोरपाटन आरक्षण क्षेत्र, बाग्लुङ नगरपालिका र कालिका भगवती मन्दिर।

१०.नवलपरासी पूर्व

दाउन्नेदेवी र मौलाकालिका।

११.म्याग्दी

घोरेपानी पर्यटकीय क्षेत्र, रघु गंगा रुइसे डाँडादेखि धवलागिरी आइस फलसम्म पदमार्ग, पुनहिल, तातोपानी, गलेश्वर मन्दिर।

 

प्रदेश नं. ३ काे १३ जिल्लाका पर्यटकिय गन्तव्य

 

१.दोलखा

जिरी–शैलुङ पर्यटन पदमार्ग, कालिञ्चोक भगवती।

२.सिन्धुली

सिन्धुलीगडी।

३.रामेछाप

सुनकोशी र्याफटिङ।

४.काभ्रेपलान्चोक

महाभारत ट्रेल (लाँकुरीभन्ज्याङ–फूलचोकी–गुर्दुमडाँडा–नारायणस्थान–भूमेचुली पदमार्ग), नमोबुद्ध, पलाञ्चोक भगवती।

५.सिन्धुपाल्चोक

पाँचपोखरी, भोटेकोशी नदी र्याफटिङ, बन्जी जम्पिङ, हेलम्बु।

६.नुवाकोट

कन्चेडी, झिम्केश्वर देवीघाट, भैरवी, दुप्चेश्वर सर्किड, नुवाकोट दरबार, ककनी।

७.रसुवा

तामाङ हेरिटेज टेयल, गोसाइँकुण्ड, केन्जिङ उपत्यका।

८.धादिङ

स्काइ टेयल, रानीझरना क्यानोनिङ, त्रिशूली नदी र्याफटिङ।

९.चितवन

बीस हजारी ताल, सोमेधोर गढी पर्यटन विकास माडी, पटीयानी पर्यटकीय क्षेत्र, देवघाट, सौराहा।

१०.मकवानपुर

मकवानपुरगढी, दामन, मैत्रीपार्क फाकेल इन्द्रसरोवर।

११.भक्तपुर

नीलबाराही मन्दिर, नगरकोट, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर।

१२.काठमाडौं

दहचोक, पशुपति, बौद्धनाथ, स्वयम्भूनाथ, नारायणहिटी, चन्द्रागिरि, सुन्दरीजल, बूढानीलकण्ठ।

१३.ललितपुर

नागदह, गोदावरी फूलचोकी हाइकिङ, पाटन दरबार स्क्वायर।

 

प्रदेश नं. २ काे ८ जिल्लाकाे पर्यटकिय गन्तव्य

 

१.सिरहा

लाहान, सिरहा नगरपालिकाको सहलेस दरबार पर्यटन क्षेत्र।

२.सर्लाही

चन्द्रनगर गाउँपालिका वडा नं. ६ र ७ मा पर्ने नाही ताल।

३.धनुषा

मिथिला नगरपालिकाको धनेश्वर महादेव, जानकी मन्दिर।

४.महोत्तरी

जलेश्वर नगरपालिकाको जलेश्वर मन्दिर।

५.रौतहट

मरधर सिमसार क्षेत्र, पतौरा पुरातावक महादेव मन्दिर।

६.बारा

सिम्रौनगढ नगरपालिकाको सिम्रौनगढ र महागढिमाई नगरपालिकाको गढिमाई।

७.पर्सा

वीरगन्ज महानगरपालिकाको घडीअर्वा पोखरी र पर्सा रानीपोखरी, पर्सा राष्ट्रिय निकुञ्ज।

८.सप्तरी

छिन्नमस्ता गाउँपालिकाको छिन्नमस्ता।

प्रदेश नं. १ काे १४ जिल्लाका पर्यटकिय गन्तव्य

१.ताप्लेजुङ

सिदिङ्वा गाउँपालिकाको तिङवुङ पोखरी र सावाँ गाउँपलिकाको फुङफुङे झरना।

२.पाँचथर

फिदिम नगरपालिकाको गुरु फाल्गुनन्द सर्किट (लोब्रेकुटी) गजुरमुखी धाम र लाराम्मा ९चुकीनाम्वा०।

३.इलाम

सन्दकपुर गाउँपालिकाको सन्दकपुर (माईपोखरी)।

४.तेह्रथुम

तीनजुरे मिल्केको तीनजुरे (मिल्के) जलजले।

५.संखुवासभा

बालेघोर ऐतिहासिक गुफा र अरूण उपत्यका।

६.धनकुटा

भेडेटार गाउँपालिकाको भेडेटार, नमस्ते झरना र छथर जोरपाटी गाउँपालिकाको हलदे पकटेडाँडा।

७.भोजपुर

ट्याम्के डाँडा (मुन्धुम ट्रेयल)

८.खोटाङ

बराह गाउँपालिकाको बराह पोखरी र हलेसीमहादेव

९.सोलुखुम्बु

महाकुलुङ गाउँपालिकाको पाँचपोखरी र सगरमाथा, स्याङबोचे

१०.ओखलढुङगा

पोलेदम्बा डाँडा र पोकली झरना।

११.उदयपुर

उदयपुरगडी।

१२.झापा

बिर्तामोड नगरपालिकाको शहीद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, अर्जुनधारा पर्यटकीय क्षेत्र र बाँसबारी सिमसार पर्यटन पूर्वाधार केन्द्र।

१३.मोरङ

बेलबारी नगरपालिकाको धनपातगढी।

१४.सुनसरी

पिण्डेश्वरदन्तकाली पदमार्ग, बराह गाउँपालिका, कोशीटप्पु वन्यजन्तु आरक्षण क्षेत्र धरान, बराह क्षेत्र, इटहरी उपमहानगरपालिकाको तालतलैया

 

प्रस्तुतिः आकाश बोगटी

 

०००



प्रकाशित: २०७६ पौष २३
January 8th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार