
उदयपुरमा जीप दुर्घटना, दुई जनाको मृत्यु
निर्माण सञ्चार, पुस २४, उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–२ धपेनीमा बुधबार साँझ बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा चार जना घाइते भएका छन् । उदयपुरकै रामपुर झिल्केबाट कटारीतर्फ आउँदै गरेको मे१ज २६६२ नम्बरको बोलेरो जिप साँझ पौने ६ बजे सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा जिपमा सवार स्थानीय २६ वर्षीय मिलन राई र जीपधनी झापाको विर्तामोडका ३३ वर्षीय महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका जीप चालकसहित चार जनाको कटारी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले जानकारी दिए ।
000
प्रकाशित: २०७६ पौष २४
प्रकाशित: २०७६ पौष २४
January 9th 2020
प्रतिक्रिया दिनुहोस्