नेपाली समय: १०:४१:०६ बिहान
वि.सं २०७६ माघ ११   शनिवार

ग्रील तथा स्टील व्यवसायी संघ भक्तपुरको सातौं साधारण सभा सम्पन्न

निर्माण सञ्चार, पुस २७, भक्तपुर । ग्रील तथा स्टील व्यवसायी संघ भक्तपुरको  सातौं साधारण सभा  सम्पन्न भएको छ ।

ग्रील तथा स्टील व्यवसायी संघ भक्तपुरको सातौं साधारण सभाको तथा तेस्रो अधिबेसनको उद्घाटन गर्दै ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले ग्रील तथा स्टील उध्योग मैत्री नीति नियम बनाउन सहयोग गर्ने र सबैलाइ ब्यवस्थित उद्योग सन्चालन गर्न आग्रह गरे।

अवैध किसिमले सञ्चालित ग्रील व्यवसायीहरुलाई सरकारको कानुनी दायरामा भित्र व्यवस्थित र मर्यादित भएर समयमै गुणस्तरीय सेवा प्रदान गर्न व्यवसायीलाई अध्यक्ष कटुवालले आग्रह गरे ।

उक्त्त कार्यक्रमका साभापती साभापती ईश्वर खडकाले सबै ब्यवसायलाई कानुनी दायरामा ल्याउन महासंघले विशेष भुमिका निर्वाह गर्न आग्रह गरे । 

देश भरी सन्चालित ११ हजार भन्दा बडी ग्रील तथा स्टील उध्योग ब्यवसायले ज्गण्दै ग्रील जन्य सामानहरुको आयातलाई प्रतिस्थापन गर्न सफल  ग्रील उध्योगको प्रबर्धन गर्न सरकारको ध्यानाकर्षण गराउदै अध्यक्ष कटुवालले ग्रील उध्योगहरु निर्वाहमुखी भन्दा पनि उध्योगलाइ आधुनिकण गरि ब्यवसायिमुखी हुनु पर्नेमा सबै लाग्नु पर्ने बताउनु हुँदै  स्वस्थ्य प्रतिस्पर्धा गर्न ब्यवसायिलाई आग्रह गरे ।

एक लाख ६० हजारले रोजगारी दिदै आएको ग्रील तथा स्टील व्यवसायमा वार्षिक ५० अर्ब भन्दा बढिको कारोबार गर्ने गरेको कटुवालले बताए । 

उनले भने, रोजगारी दिन सक्ने अवस्थामा रहेको बताउदै अध्यक्ष कटुवालले ग्रील तथा स्टील व्यवसायलाई व्यवसायिक पहिचान दिलाउन महार्सघले सरकारका सम्बन्धित निकायमा पहल गरिरहेको बताए ।

अध्यक्ष कटुवालले भने, व्यवसायलाई ब्यवसायिक पहिचान दिलाउन महासघले  सरकारका सम्बन्धित निकाल पहल गरिरहेको बताए ।

ग्रील तथा स्टील व्यवसायी भक्तपुर जिल्ला भित्रका उत्कृष्ट  व्यवसायिहरुलाइ सम्मान समेत गरीएको  थियो । 
 

 

०००



प्रकाशित: २०७६ पौष २७
January 12th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार