नेपाली समय: ०१:१९:०२ बिहान
वि.सं २०७८ कार्तिक ८   सोमवार

सिंजाको १० वर्षे पर्यटन गुरुयोजना अलपत्र

निर्माण सञ्चार,माघ ५,जुम्ला । रारा पर्यटन वर्ष २०७५ शुरु हुनु पहिले, भ्रमण वर्ष २०२० शुरु हुनु पहिले, कर्णालीमा पर्यटकलाई आकर्षण गर्न, खष भाषा संरक्षण गर्ने, जुम्लाको ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटन प्रर्बदन गर्ने लक्ष्य सिंजाको १० वर्षे पर्यटन गुरु योजनाले लिएको थियो । संघियता आउनु अघिनै जुम्लालाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने लक्ष्य बोकेको सिंजा १० वर्षे पर्यटन गुरुयोजना सफल नेतृत्वको अभावले अलपत्र अबस्थामा परेको छ ।

 सिंजा सय पर्यटकिय गन्तव्यको सूचिमा पर्दा समेत गुरुयोजनाको खोजी नीति नगर्दा अहिले पूर्वाधार निर्माण शुन्य भएको स्थानीय दिपेन्द्र उपाध्याय बताउँछन् । 

 सिंजा क्षेत्रलाई धार्मिक, सांस्कृतिक, पर्यटकीय हिसाबमा आधुनिक विकास गर्नका लागि तत्कालीन जिल््ला विकास समितिले तयार पारेको (सन् २०१२ देखि २०२२) को गुरुयोजना कार्यान्वयन नभएको सिंजाका पुर्ण प्रसाद धितालले गुनासो गरे । 

देशकै शत्तिशाली राज्य सिंजा, खषभाषाको उदगस्थल सिंजा, भाषा साँस्कृतिको भरिपुर्ण सिंजाको प्रचार र आर्थिक समृदि संग जोडेर तयार पारिएको गुरुयोजना अहिले कुन कुनामा छ थाहा छैन् । 

धितालले भने, अहिले पर्यटन प्रबर्दनका विभिन्न कार्यक्रम हँुदा सबैले त्यहि गुरुयोजना खोजिरहेका छन् । सन् २०१२ मा तयार भएको गुरुयोजना पुर्ण कार्यान्वयन भएको भए हाल कर्णालीमा मात्रै १५ लाख बढि पर्यटक भित्रिसक्ने सिंजा बासीको अनुमान छ । कागजी प्रक्रिया मात्रै पूरा गर्दा कार्यान्वयन नभएर अलपत्र अवस्थामा छ । 

 सिंजा  क्षेत्रको विकासका लागि जुम्ला सामाजिक विकास केन्द्रले २०६५ मा गुरुयोजना बनाएर जिल्ला विकासलाई हस्तान्तरण गरेको हो । सामाजिक विकास केन्द्रका अध्यक्ष भक्तबहादुर बोगटी भन्छन,गुरुयोजना कार्यान्वयनका नाममा साविक जिविसका कर्मचारीले पेट भरे तर परिमाण देखिएन् । सिंजाका बुढापाका बसेर त्यहाँको बस्तु स्थिति समेटेर बनाईएको योजना अब कुनै हालतमा बनाउन नसकिने दाबी गरे ।

 गुरुयोजना बिना कुनै क्षेत्रको प्रर्बदन असम्भव छ । बोगटिले थपे, अहिले प्रदेश सरकारले कर्णालिका ४० गन्तव्य र संघले सय गन्तव्य भित्र सिंजा उपत्याकालाई तोकेको छ । 

तर त्यहाको विकास मोडल, आवश्यकता, एतिहास तथा रहन सहन बारे प्रदेश र संघ दुबै अनविज्ञ छन । जसका कारण हाल सम्म कुनै पनि उल्लेखनिय विकास हुन सकेको छैन । संघ तथा प्रदेश सरकारले लाखौ बजेट त छुटाउँछन् । तर गुरुयोजना नहुँदा कुनै काम हुन सकेको छैन । स्पष्ट योजना नभएकै कारण एकै सिंजा दुईवटा संग्रहालय बन्दैछन । जसले सिंजाको अस्तित्व संकटनमा पर्ने सम्भावना छ ।

केके थिए गुरुयोजनाका प्रथामिकता ?
सिंजाको १० वर्षे पर्यटन गुरुयोजनाको पहिलो प्रथामिकता भनेकै पर्यटन प्रर्बदन गर्ने थियो । जस अनुसार सिंजा उपत्याकामा मात्रै करिब ३०४ वटा पर्यटकीय पूर्वाधार निर्माण गर्ने उल्लेख थियो । भाषा, संस्कृति, रहन सहन संरक्षण गरि पर्यटक भित्रयाउने लक्ष्य थियो । तर गुरुयोजना कागजमै सिमित रह्यो ।

सन २०१२ देखि २०२२ सम्म कार्यान्वयन हुनुपर्ने भए पनि ८ वर्षको अन्तरालमा देशमा धेरै परिवर्तन भैईसक्यो,स्थानीय सरकारले त्यो गुरुयोजना कार्यान्वयन त परै जावस खोजीनिति समेत नगरेको सिंजाका स्थानिय दिपेन्द्र उपाध्यायले गुनासो गरे ।

स्थानीय तहले न त यसको चासो दिएका छन, न सरोकारवाला निकायले नै प्रथामिकता दिएका छन । गुरुयोजनामा  सिंजा क्षेत्रमा चारलेन सडक निर्माण, तटबन्ध निर्माण, ओझेलमा परेका मठमन्दिर व्यवस्थित गर्ने, सङ्ग्रहालय निर्माण, स्नातकोत्तर अध्ययन गर्ने कलेज स्थापना, पर्यटक बिरामी भएमा औषधि उपचारका लागि अस्पताल निर्माण, धार्मिक मठमन्दिरको संरक्षण गर्ने, पशु चौपायाको संरक्षण स्थल निर्माण लगायतका विषय गुरुयोजनामा प्रथामिकताका क्षेत्र हुन् । 

यहाँको कनकासुन्दरी मन्दिर, विराटदरबार, पाण्डवगुफाको गरुड नुहाउनी मन्दिर, वाणगङ्गा मन्दिर, छरिएका बेवारिसे अवस्थाका ढुङ्गे खम्बा, देवल, मुग्राहा, प्राचीन बस्तीका भग्नावशेषको संरक्षण हुन नसक्दा  सिंजा  पर्यटकीय गन्तव्यको जिणउदार तथा र्पून निर्माण गर्ने भनिएको थियो । थोरै थोरै पनि गुरुयोजना कार्यान्वयन भएको भए, ८ वर्षको अविधमा सिंजामा पर्यटको घूईचो हुन्थ्यो भने, पूर्वाधार निर्माणले पनि गति लिईसकेको हुन्थ्यो । 

तर सिंजालीहरुले सोचे जस्तो गुरुयोजनाको कार्यान्वयन नेतृत्व कर्ताले गर्न नसक्दा अहिले अलपत्र अबस्था छ ।
 सिंजा प्रमुख पर्यटकीयस्थल पाण्डवगुफा, विराटदरबार, कनकासुन्दरी मन्दिरलगायत अहिले बेवारिसे अवस्थामा छन । स्पष्ट गुरुयोजनाको काम अगाडि नबढेपछि सिञ्जामा बोलिने भाषा, त्यहाँको सभ्यता, त्यहाँका पर्यटकीयस्थल, धार्मिकस्थल, पुराना दरबार सङ्कटमा पर्दै आएकाले गुरुयोजना कार्यान्वयन गरिनुपर्ने स्थानीयवासीको माग छ ।

जनप्रतिनिधिको चासो
सिंजाको १० वर्ष पर्यटन गुरुयोजना प्रति पछिल््लो समय जुम्लाका जनप्रतिनिधिले चासो देखाएका छन् । सन् २०१२ मा साजिक विकास केन्द्र जिविसलाई दिएको गुरुयोजना अहिले कुन कुनामा माकुरीले घर बनाएको छ । यसको कार्यान्वयनका लागि स्थानिय दबाब दिएपछि बल्ल जनप्रतिनिधिले चासो दिन थालेका हुन् । भ्रमण २०२० शुरु हुँदा पूवा अभावले सिंजामा पर्यटक बस्दैनन् । जसका कारण अहिले त्यहाँका हिमा, सिंजा र कनकासुन्दरु िगाउँपालिकाहरु पूर्वाधार निर्माणका लागि गुरुयोजना खोज्दैछन् । 

जिल्ला समन्वय समितिमा गुरुयोजना खोजेर कार्यान्वयनका लागि स्थानिय तहलाई पहल गरिने जिसस उपप्रमुख कार्मा बुढाले बताए । योजनाको एक प्रति अहिले गुरुयोजना निर्माण गर्ने संस्था जुम्ला सामाजिक विकास केन्द्रमा रहेको दाबि जिससको छ । तर यता उक्त्त संस्थाले नभएको बताएको छ । 

कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरविर रावतले भने, जिविसमा रहेको योजना नपाईदा काम गर्न समस्या भएको छ । त्यति बेला गुरुयोजनामा समेटिएका सम्पादाहरु कति अहिले पुरिएका छन् । कसरी पत्ता लगाउने त्यसैले छिटो खोजेर पठाउन सुझाब दिएको उनले बताए । सिंजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले पनि गुरुयोजना कार्यान्वयनका विषयमा ध्यान केन्द्रित भएको बताए । जसरी पनि खोज्न लगाएर कार्यान्वयनमा जोड दिईने बताएका छन्  । 

०००



प्रकाशित: २०७६ माघ ५
January 19th 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्