नेपाली समय: ०४:४४:४२ बिहान
वि.सं २०७७ साउन २०   मंगलवार

ग्रील तथा स्टील व्यवसायी संघ कमलपोखरीको वार्षिक साधारण सभा सम्पन्न

निर्माण सञ्चार, माघ ०६, काठमाडौं ।  ग्रील तथा स्टील व्यवसायी संघ कमलपोखरीको साधारण सभा सम्पन्न  सम्पन्न भएको छ ।

आइतबार ग्रील तथा स्टिल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मोहन कटुवालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाको उद्घाटन गर्दै ग्रील तथा स्टिल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मोहन कटुवालले देशभित्रै दक्ष जनशक्ति उत्पादन गर्न सरकारसंग माग गरेका हुन् । 

उनले स्वदेशी उत्पादनहरुलाई प्रत्साहन गर्ने तर्फ ध्यान दिन सरकार चुकेको भन्दै उद्योगहरुलाई उपयुक्त वातावरण भए देशमा विद्यमान व्यापार घाटापनि कम हुने बताए । 

उनले साना उद्योगहरुको संरक्षणमो विशेष ध्यान दिन सरकारसँग माग गरे । उद्योगीहरुलाई नविनतम् प्रविधिको उच्चतम प्रयोगकालागि आग्रह गरेका कटुवालले श्रम र साधनको सहि प्रयोग गर्न तर्फ सबै उद्योगीहरुको ध्यानाकर्षण गराएका थिए ।

सोही कार्यक्रममा ग्रील तथा स्टिल व्यवसायी महासंघका उपाध्यक्ष सुर्य कडेलले साना उद्योगको संरक्षणमा स्थानीयले सहयोग गरिदिन आग्रह गरे । 

उनले स्थानीयको असहयोगले उद्योगहरु धरासायी बन्दै गएको भन्दै जनस्तरमा उद्योगप्रतिको चेताना सकारात्मक हुनुपर्ने बताए ।

कार्यक्रमका अधिंकाश वक्ताले सरकारले लागु गरेको सामाजिक सुरक्षा योजना लगाएत अन्य सरकारी नीतिहरु व्यवसाय मैत्री नभएको गुनासो गरेका थिए ।

उनीहरुले उद्योग मैत्री नीति आजको प्रमुख आवश्यकता भएकाले यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।

 

०००



प्रकाशित: २०७६ माघ ६
January 20th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार