नेपाली समय: ०३:४५:०२ बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

‘प्रदेस–१ मा पनि इन्जिनियरिङ स्टाफ कलेज निर्माण गरिनेछ’ मन्त्री हिक्मत कार्की

निर्माण सञ्चार, १२ माघ, बेलबारी मोरङ। प्रदेश नम्बर–१ मा पनि इन्जिनियरिङ स्टाफ कलेज स्थापना हुने भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी निकट प्रगतिशील इन्जिनियर्स (पिन) ले  मोरङस्थित बेतना बेलबारीमा आयोजना गरेको प्रदेस–१ स्तरीय बृहत् भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै एक नम्बर प्रदेश आन्तरिक मामला मन्त्री हिक्मत कार्कीले प्रदेशको पूर्वाधार विकासमा दीर्घकालीन टेवा पुर्याउन इन्जिनियरिङ स्टाफ कलेजको स्थापना गरिने बताएका हुन् ।

मन्त्री कार्कीेले प्रदेश नम्बर–१ को भौतिक पूर्वाधार विकासका लागि आवश्यकता प्राविधिक जनशक्ति विकास गर्न र मुलुकको समृद्धिमा टेवा पुराउन इन्जिनियरिङ स्टाफ कलेजको आवश्यकता महसुस भएको पनि बताए । 

उक्त बृहत भेलामा प्रदेस–१ का सबै जिल्लाबाट करिब २ सय इन्जिनियर सहभागी थिए । पिन प्रदेस–१ का इन्जिनियर डेगराज पौडेलका अनुसार उक्त बृहत भेलामा प्रदेशका आन्तरिक मामला मन्त्री कार्कीले पिनको मागलाई सम्बोधन गर्दै प्रदेस इन्जिनियरिङ स्टाफ कलेज निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा अथितिका रुपमा सहभागी वन वातावरण पर्यटन राज्य मन्त्री विजय विश्वासले पनि सरकार इन्जिनियरहरुको ज्ञान, सीप र क्षमतालाई हातमा हात, साथमा साथ लिएर अघि बढ्न तयार रहेको बताएका थिए ।

इन्जिनियर दिपक पौडेलको अध्यक्षतामा सम्पन्न सो बृहत भेलामा पिन प्रदेस–१ इन्चार्ज डा भेषराज थापा, पिनका अन्य नेताहरु नन्द बञ्जाडे, चुडाराज ढकाल, सञ्जीव रोकाहा, रोशन भट्टराईहरु पनि सहभागी थिए ।

०००



प्रकाशित: २०७६ माघ १२
January 26th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार