नेपाली समय: ०४:५५:५७ बिहान
वि.सं २०७९ जेठ १०   मंगलवार

‘डन’बाट जुवाडे, जुवाले बनायो वडाध्यक्षः अन्ततः यसरी परे ‘जुवाडी’ नेता प्रहरी फन्दामा !

निर्माण सञ्चार, १३ माघ, कैलाली । कैलालीको गोदावरी नगरपालिकाबाट वडाअध्यक्ष सहित १६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । 

नगरपालिका नजिकैको एक धरमा जुवा खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका–१० का वडाअध्यक्ष रवीन्द्र शाही अर्थात ‘गुड्डु’ नामले चिनिने शाहीसहित १६ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो । 

पक्राउ परेका व्यक्तिहरुमध्ये वडा नम्वर १० का वडा अध्यक्ष सहित कञ्चनपुर भीमदत्त नगरपालिका ३ का ३४ बर्षीय धिरेन्द्र चन्द, वेलौरी नगरपालिका १ बस्ने ३४ बर्षीय भुवन कुवँर, धनगढी उपमहानगरपालिका ३ बस्ने ३८ बर्षीय

तिलक अधिकारी, वडा नम्वर १३ बस्ने बर्ष ३४ का रमेश खड्का, वडा नम्वर ४ बस्ने बर्ष ३५ का खेमराज भट्ट, वडा नम्वर २ बस्ने बर्ष ४१ क जनक दौल्याल, गोदावरी नगरपालिका १० बस्ने बर्ष २८ का सन्देष तामाङ, गोदावरी नगरपालिका ३ बस्ने बर्ष ३८ का मोहन खड्कालाई पक्राउ गरि प्रहरीले विज्ञप्ती मार्फत सार्वजनिक गरेको हो। 

यस्तै बैतडी दशरथचन्द नगरपालिका ८ बस्ने बर्ष ३१ का अमित गुरु, बझाङ जयपृथ्बी नगरपालिका १० बस्ने बर्ष ३५ का प्रेम बहादुर सिंह, बैतडी दशरथचन्द नगरपालिका ४ बस्ने बर्ष ३० का सुर्य भट्ट, पुर्चौडी नगरपालिका ८ बस्ने

बर्ष ५० का कालुसिंह धामी, धनगढी उपमहानगरपालिका ३ बस्ने बर्ष ३७ का चन्द्रमणि अधिकारी, जिल्ला दार्चुला नौगाड गाउँपालिका ४ बस्ने बर्ष ३३ का जयसिंह धामी र महाकाली नगरपालिका ४ बस्ने बर्ष ३८ का मंगल ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । 

पक्राउ परेका अन्य व्यक्ति र उनीहरूको साथबाट बरामद गरिएका रकम तथा सामानबारे भने प्रहरीले खुलाएको छैन ।

उनले पक्राउ परेका १६ जनामाथि जुवा कसुर अन्तरर्गत कारवाही हुने बताए। उक्त ऐन अन्तरर्गत पहिलो पटक भए ३ महिना कैद वा ३० हजार जरिवाना, दोश्रो पटक भए एक बर्ष कैद र ५० हजार हजार जरिवाना गर्ने व्यवस्था रहेको बस्नेतले बताए । 

को हुन वडाअध्यक्ष रवीन्द्र शाही अर्थात ‘गुड्डु’ कसरी परे प्रहरी जालोमा ?

कैलाली जिल्लाको मालाखेती गा.वि.स दमैरामा (गोदावरी नगरपालीका वडा नम्बर १०) हर्किएका रवीन्द्र शाही अर्थात ‘गुड्डु’ नामले चिनिने उनी सानैदेखि उग्र दादागिरी पनले पोक्त, टोलटोलमा झगडा गर्दै हिड्ने, मान्छे डराउने, धम्काउने पेशाका अगुवा थिए ।

८ कक्षा सम्म अध्यन गरेका शाही नत कुनै व्यापारी नै थिए, नत उद्योगपति नै हुन् । समाजमा पहुँचवालाले मुखमा झुन्डिने नाम एकाएक बन्यो गुड्ड- कैसलाई डराउन होस वा धम्काउनको लागि गुड्ड नाम प्रख्यात ‘नामी’ बन्दै समाजमा फैलिन थाल्यो ।

टोलका केटा एकगड्ठा गरी ‘गुड्ड’ले मालाखेती लगायतका अन्य टोल खमैरा, ओलानी, ढकैवामा लगाएतका ठाउँमा दादारी सुरु गरे । विदेश बाट आएका निर्धा एक्लो व्यक्ति तर्साउदै उनी रातारात ‘डन’को रुपमा चिनिन् थाले ।

एकजनाले नाम नभन्ने सर्तमा भने, म र्दाचुला बाट मालाखेतीमा आएको १ महिना भएको थियो । र्दाचुला बाट घर बनाउने सोचमा आएको म साथमा दिदिलाई केही काममा सहजा मिल्ने सोचले साथमा लिएर आएको थिय ।

‘समय दिउसोको करिब तिन बजेको थियो, घर निर्माणको लागि ठेक्केदार दाइहरुले पर्खालमा इट्टा लगाइरहनु भएको थियो, म पनि काममा व्यस्त, दिदिले सबैजनालाई आगनमै खाजा बनाइरहनु भएको समयमा एकाएक बाइकको डु–डु गरेको आवाज सुने, फर्किय दुई जना दिदिलाई जिस्काइरहेको देखे ।

उनले भने, ‘दिमाले काम गरेन गएर त्यो मान्छे ‘गुड्ड’ नै रहेछ, ति दुई जनालाई मर्ने गरी गोदे, पछि टोलतिरबाट अन्य व्याक्ति आए सबैले मलाई समझाए त्यो मान्छे त गुन्डा हो किन जोरी खेलेको भन्र्दै रिसाएपछि म दङ्ग परे । नभन्दै बेलुका १२ जनाको ग्याङ सहित बाइकको चेन, दाउरा चिरपटले मलाई हमला गरे ।’ 

समय बित्र्दै जादा शाहीले गाउँमा क्लब बनाई त्यसको प्रतिनिधीत्व गरी काठ लगाएतका काम गर्न थाले । 
इट्टाभट्टाबाट भत्ता असुली गर्ने देखि बिभिन्न कार्यमा संगलन उनले अन्तत गोदावरी नगरपालीकाको मोहना नदीमा पुल निर्माण गर्ने  भर्दै करिब ५ वर्ष पहिले शाहीले स्थानिय पुल निर्माण समेती गठन गरी प्रत्येक घरघुरीबाट न्यूनतम ५०० दरले कञ्चनपुरस्थित शान्ति टोल मालाखेती, दमैरा लगाएत ओलानीको गाउँबाट रकम उठाए । निर्माण समेती गठन भएपछि पुल निर्माणको अत्तो पत्तो छैन । शाही काडमाडौं हिँडेको खबर आम टोलवासिलाई ममन गर्दछन् तर किन बनाइएन पुल भन्ने प्रश्न गर्ने आम स्थानियले शाहिलाइ आट आएको छैन् । 

पुल निर्माणको लागि संकलन गरेको पैशा शाहीले झवाम पारेपछि स्थानियले काठे पुल निर्माण गरे तर के गर्नु वर्खामा बाढिको भेलले बगाएर लिने गरेको स्थानियको गुनासो छ । 

आम स्थानिय शाही ‘गुड्ड’सँग बोल्न कति सम्म डराउछन् भन्ने कुरा पुल कान्डबाट प्रष्ट देखिन्छ । 
यस्ता प्रकारका कान्ड–कान्डबाट ‘गुड्ड’ कैलालीको टोलमा मात्र नभइ क्षेत्रका समेत डनकाे रुपमा चिनिन थाले । 

उनको डन पन्तीको चर्चा बढिरहेको बेलामा पद्ममा अस्पतालको डाक्टरको प्रर्सनल गार्डको रुपमा समेत कार्यरत शाही करिब वर्ष दिन नपुग्दै जागिर छोडेर २ वर्षको लागि विदेश लागे ।

विदेशबाट फर्कर उनले दायरा फराकिलो बनाउदै गाँउमै जुवा खेलाउने धन्दामा लागेर एकाएक मालामाल भए । उनको विशेष मान्छेले नाम नबताउने सर्तमा भने शाहीले लामो समयदेखि तास खेलाउने काम गरीरहेका थिए । बाइक दिएर गाउँका नाका नाकामा उनले केटा खटाउने गर्दथ्य, उनले भने, ‘दिनमा दिई तिन हजार दिन्थय र टु २० पल्सर बाइक के चाहिन्थ्यो हरु त्यो समयमा उमेर नी त्यस्तै काचो थियो, धेरै समय नाका कुरीयो ।’ ठुलाठुला व्यायापारी, इट्टाभट्टाका साहु, उद्योगीहरुको लाखौंको तासको खेल अहिले समझिदा डर लाग्ने गरेको उनले सुनाए ।

शाहीले समय समयमा नयाँ काम गरी आफ्नो विराशत कायम राख्न भए पनि केही गर्न खोजी रहेको अवस्था देखिन्छ । 

एक युवाले भने, केही समय अगाडी काठमाडौंमा गाउँको साथीसंग सानो झगडा परेको थियो । मेरो झगडा परेको साथी गाउँको पहुँचवालको मान्छे होे । उनले भने, ‘म यता कलेज जाने आउने गरीरहेको थिय । 
झगडाको बारेमा बास्ता थिएन तर गाउँमा हल्ला आयो गुड्डु गएर मेरो घरमा धम्कायो भन्ने सुने डर लाग्यो, त्यो साथीसंग माफी मागेर मुक्ति पाए ।’ 

रातारात नामुक बेनेका उनी अन्तत राजनीतिमा समेत फड्को मार्न सफल भइ गोदावरी नगरपालिकाको १०नम्बर वडाको अध्यक्षमा निर्वाचित भएका थिए । 
       

 

०००
 



प्रकाशित: २०७६ माघ १३
January 27th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार