‘भरतपुर विमानस्थल विस्तार अपरिहार्य’, सर्वपक्षीय छलफलको टुंगोः ‘३ नम्बर प्रदेशको केन्द्र बन्ने विमानस्थल हो’
निर्माण सञ्चार, १३ माघ, काठमाडौं । चितवनस्थित भरतपुर विमानस्थल विस्तारबारे सर्वपक्षीय छलफल भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भरतपुर विमानस्थल विस्तारको सम्भावना र चुनौतीको विषयमा सर्वपक्षीय छलफल भएको हो ।
सोमबार रक्षा मन्त्रालयको सभाहलमा भएको छलफल कार्यक्रममा सहभागीले भरतपुर विमानस्थलको विस्तार अपरिहार्य भएको बताए ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एंव नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, विभिन्न मन्त्रालयका सचिव, नेपाली सेनाका उच्च अधिकारीहरु सहभागी थिए ।
अध्यक्ष प्रचण्डले देशकै मध्यभागमा रहेको चितवनको विमानस्थलको विस्तार र स्तरोन्नति अनिवार्य भएको बताए ।
अध्यक्ष प्रचण्डले सबै मन्त्रालय र निकायको समन्वयमा यसको लागि काम अघि बढिरहेकोमा खुसी व्यक्त गरे ।
उनले चितवन विमानस्थलको विस्तारको लागि पर्यटन मन्त्री भट्टराईले देखाएको तदारुकता र पहलकदमीको प्रशंसा पनि गरे । चितवनको तीव्र शहरीकरण भएको भन्दै उनले सुरक्षित र व्यवस्थित विमानस्थल अनिवार्य भएको बताए ।
रक्षा तथा उप्रधानमन्त्री पोखरेलले भरतपुर विमानस्थल विस्तारमा रक्षा मन्त्रालय र नेपाली सेनाले पूर्ण रुपमा सहयोग गर्ने बताए ।
उनले विमानस्थल बिस्तारमा सेना समस्या नै नभएको बताए । भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको घोडा प्रजनन केन्द्र र कालीबहादुर गणको जग्गालाई प्रयोग गर्नुपर्ने सन्दर्भमा रक्षामन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् । कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिका लागि मन्त्रालयले तत्काल काम अघि बढाउने बताए ।
सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय, स्थानीय तह सबैसँग समन्वय र समझदारी गरेर काम अघि बढाइने उनको भनाइ छ । सरोकारवाला निकायहरुको सुझावको आधारमा अन्तिम प्रतिवेदन तयार पारी काम अघि बढाइने उनको भनाइ छ । भरतपुर महानगरपालिकाको मेयर दाहालले भरतपुर विमानस्थल नेपालको केन्द्र भागमा रहेको भन्दै यसलाई बाग्मती प्रदेशको मुख्य विमानस्थलको रुपमा विकास गरिनुपर्ने आवश्यकता रहेको बताइन् । उनले चितवन शैक्षिक तथा मेडिकल हबको रुपमा विकास भइरहेको भन्दै विमानस्थलको प्रयोग अत्यधिक बढिरहेको बताइन् । उनले विमानस्थल विस्तारको काममा पर्यटन मन्त्री भट्टराईले गरेको पहलकदमी उचित रहेको पनि बताइन् । छलफल कार्यक्रममा भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिको आवश्यकता, प्राविधिक, तथा सामाजिक आर्थिक पक्षको समेत अध्ययन गर्न बनेको कार्यदलका संयोजक तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले प्रारिम्भक रिपोर्ट प्रस्तुत गरेका थिए । ०००
प्रकाशित: २०७६ माघ १३

January 27th 2020
प्रतिक्रिया दिनुहोस्