नेपाली समय: ०७:५३:१० बिहान
वि.सं २०७७ साउन २१   बुधवार

‘कन्स्ट्रक्सन–ब्रेन’ उपमाले चिनिने परामर्शदाता इन्जिनियरिङ छाता संस्थाको नेतृत्व परिवर्तनः को को आए नयाँ अनुहार ?

निर्माण सञ्चार, १७ माघ, काठमाडौं । नेपालको पूर्वाधार विकास इन्जिनियरिङ परामर्श क्षेत्रको छाता संस्था ‘सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्मस्’ (स्क्याफ)ले आफ्नो नयाँ नेतृत्व चयन गरेको छ ।

अक्सर ‘कन्स्ट्रक्सन–ब्रेन’ उपमाले चिनिने परामर्शदाता कम्पनीहरुको छाता संस्थाका रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय उचाइ लिएको स्क्याफको शुक्रबार सम्पन्न चुनावले इन्जिनियर टुकलाल अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

नवनिर्वाचित अध्यक्ष अधिकारी यस अघिको इन्जिनियर प्रो राजेश थापा नेतृत्वको स्क्याफ कार्यसमितिमा उपाध्यक्षको भूमिकामा थिए । प्राध्यापन सहितको परामर्श भूमिकामा अब्बल रहेका श्रेष्ठले स्क्याफलाई २ कार्यकाल नेतृत्व प्रदान गरेर बाहिरिएका छन् ।

परामर्श इन्जिनियरिङ क्षेत्र आजका दिनमा अझै अघि बढ्न सक्नु पर्ने चुनौतीका माझमा उभिएको बताइन्छ । स्क्याफ फिडिकको अन्तर्राष्ट्रिय हैसियतको सदस्य समेत रहँदै आएको छ । यो नेपाल सरकारबाट मान्यता प्राप्त परामर्शता अगुवा संस्था हो 

पुल्चोकस्थित होटेल हिमालयनमा भएको उक्त निर्वाचनले उपाध्यक्षको जिम्मेवारी ई कृष्ण सापकोटालाई सुम्पेको छ । नवनिर्वाचित उपाध्यक्ष सापकोटाले यसअघि दुई कार्यकालसम्म स्क्याफ महासचिवका रुपमा काम गरेका छन् । उनको सो अवधिलाई ‘सफल महासचिव’का रुपमा लिने गरिन्छ ।

१६ औं कार्यसमितिका महासचिवका रुपमा ई प्रकाश अधिकारी निर्वाचित भएका छन् । अधिकारी यस अघिको कार्यसमितिमा कुशल उपमहासचिवको भूमिकाबाट चिनिए ।

त्यस्तै, उक्त निर्वाचनले सचिवका रुपमा पूर्वाधार परामर्श क्षेत्रमा वरिष्ठताको उचाइ लिएका इ ठाकुर प्रसाद शर्मालाई चयन गरेको छ । शर्मा केही महिना अघि मात्रै स्क्याफ कार्यसमितिमा प्रवेश गरेका थिए ।

युवा वयमै सेतै फुलेका ‘परिपक्व’ छविका इ गोविन्ददेव अधिकारीलाई निर्वाचनले कोषाध्यक्षको जिम्मेवारी सुम्पेको छ । यस अघि कोषाध्यक्षका रुपमा इन्जिनियर रामउद्धार यादव रहेका थिए । 

इन्जिनियर यादव ‘मुस्कान सहितको सेवा’ दिनेमध्ये अब्बल कोषाध्यक्षका रुपमा रहे । 

३० औं वार्षिक साधारण सभाको उक्त हलले १६ औं कार्यकारिणी समितिका सदस्यहरुमा इ गोविन्दमान ताम्राकार, इ किट्च चित्रकार, इ श्रवण कुमार थापा, इ उमेश चौधरी, इ नारायण हरी रिजाल, इ पदम ओलीहरुलाई निर्वाचित गरेको छ ।

... 

परामर्शदाता इन्जिनियरहरुको यो संस्थामा नेतृत्व विकास र नेतृत्व हस्तान्तरणको परिपाटी हेर्दा वास्तवमै नमूना पराम्परा हुर्किएको देखिन्छ । अग्रज पुस्ताले अगुवाइ गर्ने मध्यम र कान्छो पुस्तालाई क्रमशः नेतृत्व विकास गर्दै हस्तान्तरण गर्ने स्क्याफको नेतृत्व विकासको संस्कृति हो ।

राजनीतिक भन्दा पनि पेसागत मर्यादा बचाउँदै आएको स्क्याफले आउने दिनमा भने नेपालको आजको पूर्वाधार विकासले मागेको परामर्शदाताको रिक्त भूमिका पूर्ति गर्न सक्छ या सक्तैन भविष्यले बताउला, तर आजको दिनलाई हेर्दा नेपालको समग्र निर्माण उद्योगलाई कुशलतापूर्वक अघि बढाउन सक्ने जतिको भूमिका दर्ज गर्न भने स्क्याफले अझै ‘केही’ गर्नु पर्ने देखिन्छ ।

परामर्श इन्जिनियरिङ क्षेत्र आजका दिनमा अझै अघि बढ्न सक्नु पर्ने चुनौतीका माझमा उभिएको बताइन्छ । 

भौतिक विकासका हिसाबले अपूर्व युगमा उभिएको नेपालमा परामर्श क्षेत्रको पनि अपेक्षाकृत विकास हुन नसकेको हो कि भन्ने टिप्पणीका बाबजुद स्क्याफको ३ दशकको यात्राले पछिल्ला दिनमा आफूलाई छिमेकी चीन, भारत हुँदै अन्य अन्तर्राष्ट्रिय परामर्शदाता संस्थाहरुसम्म आफ्नो पहुँच विस्तार गरिसकेको छ । 

स्क्याफ फिडिकको अन्तर्राष्ट्रिय हैसियतको सदस्य समेत रहँदै आएको छ । यो नेपाल सरकारबाट मान्यता प्राप्त परामर्शता अगुवा संस्था हो । 

 

०००



प्रकाशित: २०७६ माघ १७
January 31st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार