नेपाली समय: ११:३२:५५ बिहान
वि.सं २०८२ जेठ १   बुधवार

सुनसरीमा बस र माइक्रो ठोक्किँदा चालकसहित ४ को मृत्यु, ६ जना घाइते

निर्माण सञ्चार, १९ माघ, सुनसरी । सुनसरीमा आइतबार बिहान बस र माइक्रो आपसमा ठोक्किँदा चालकसहित ४ को मृत्यु भएको छ । ६ जना घाइते छन् ।

दुर्घटनापूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा भएको हो।
काठमाडौंबाट जाँदै गरेको सप्तकोसी यातायातको बा ५ ख ३१५७ नम्बरको माइक्रो र बाग्लुङबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस आपसमा ठोक्किए हुन् ।  

दुर्घटनामा माइक्रो चालक दिपक खड्का, यात्रुहरु झापा भद्रपुरका डोलकुमारी कोइराला, गरिमा गौतम र हेमराज कोइरालाको मृत्यु भएको पकली प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश अधिकारीले जानकारी दिए ।

घटनास्थलमा प्रहरीले उद्धार जारी राखेको छ। घाइतेलाई स्थानीय र विभिन्‍न अस्पताल पुर्‍याइएको छ ।


०००



प्रकाशित: २०७६ माघ १९
February 2nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार