पूर्वमन्त्री रविन्द्र अधिकारीको सम्झनामा राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता हुँदै
निर्माण सञ्चार, २० माघ, काठमाडौं । पूर्वमन्त्री रविन्द्र अधिकारीको प्रथम स्मृति दिवसका सन्दर्भमा राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता आयोजना हुने भएको छ।
रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले नेपाल भरका विश्वविद्यालय र क्याम्पसहरुमा अध्ययनरत नियमित विद्यार्थीहरू सहभागी हुनेगरी राष्ट्रिय स्तरको नेपाली निबन्ध लेखन प्रतियोगिताु आयोजना गरेको हो।
विद्यार्थीहरुले फागुन पहिलो सातासम्म प्रतियोगिताका लागि निबन्ध पठाउन सक्ने प्रतिष्ठानले जनाएको छ। देशभरका सबै विश्वविद्यालय र क्याम्पसहरुमा पत्राचार गरिसकेको प्रतिष्ठानले जानकारी दिएको छ।
विद्यार्थीहरुलाई स्वयम् सहभागी हुन वा क्याम्पसहरुले सहभागीताका लागि सहयोग गरिदिन प्रतिष्ठानले आग्रह गरेको छ।
कास्कीमा जन्मेका अधिकारीको मन्त्रीपदमा बहाल रहेकै बेलामा एयर डाइनेष्टी हेलिकप्टर दुर्घटना परि २०७५ फागुन १५ गते ताप्लेजुङमा ज्यान गएको थियो।
०००
प्रकाशित: २०७६ माघ २०
प्रकाशित: २०७६ माघ २०
February 3rd 2020
प्रतिक्रिया दिनुहोस्