सेती करिडोरको प्रशारणलाइनको काम अघि बढ्यो, जग्गा मुआब्जा वितरण सुरु
निर्माण सञ्चार, १५ फागुन, काठमाडौं । राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडद्वारा प्रस्तावित पश्चिम सेती करिडोर ४०० केभी प्रसारणलाइन अन्तर्गत बझाङमा सवस्टेशन निर्माणको प्रक्रिया अघि बढेको छ।
अत्तरीया–पश्चिम सेती १७० किलोमिटर ४०० केभी प्रशारणलाइन निर्माणको जिम्मा राष्ट्रिय प्रशारण ग्रिड कम्पनीले पाएको छ। प्रशारणलाइनमा अत्तरिया, चैनपुर र पश्चिम सेतीमा पनि सवस्टेशन निर्माण हुने छन्।
कम्पनीले बझाङको तलकोटमा ४००–१३२ केभी क्षमताको एउटा सवस्टेशन निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको लागि सार्वजनिक सूचना जारि गरेको हो।
आयोजनाले सव स्टेशनका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाएको हो। आयोजनाका लागि तलकोट गाउँपालिका वडा न।३ (साविक धमेना गाविस वडा न ४) बस्तीमा रहेको २७२ जनाको जग्गा अधिग्रहण गर्न लागिएको हो।
जग्गा प्राप्ति ऐन,२०३४ को दफा ९ को प्रयोजनका लागि जग्गा अधिग्रहण गर्न लागिएको हो। आयोजनाले एक सूचना प्रकाशित गर्दै सोही ऐनको दफा १० अनुसार १५ दिनभित्र सरोकारवाला व्यक्तिले मुआब्जा दाबी गर्ने आफ्नो हकदार वा भोगचलन सम्बन्धी सबुतर निस्सा तथा प्रमाण सहित रितपूर्वक जिल्ला प्रशासन कार्यालय बझाङमा निवेदन दिन आग्रह गरेको छ।
जग्गा प्राप्ती ऐनको दफा ११ अनुसार जग्गा प्राप्त गर्नुनपर्ने कुनै कारण भए कारण खुलाई उजुरीरनिवेदन दिन समेत आग्रह गरिएको छ। ‘तोकिएको म्यादभित्र निवेदन नदिई म्याद गुजारेको खण्डमा कानुन बमोजिम हुने र पछि कुनै उजुरवाजुर लाग्ने छैन्’ सुचनामा भनिएको छ।
पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना निर्माणको चर्चा भएको दुई दशक पछि सवस्टेशन र प्रशारणलाइन निर्माणको काम अघि बढेको हो।
७५० मेगावाट क्षमताको आयोजना कहिले स्वदेशी लगानी त कहिले विदेशी लगानीमा निर्माण गर्ने भन्दै सरकारै पिच्छे फरक फरक निर्णय गर्दा आयोजनाको काम भने अघि बढ्न सकेको छैन।
प्रासरणलाइन र सवस्टेशन निर्माणको काम अघि बढेमा आयोजनाले पनि गति लिने सरोकारवालाको विश्वास छ।
०००
प्रकाशित: २०७६ फाल्गुण १५
०००
प्रकाशित: २०७६ फाल्गुण १५
February 27th 2020
प्रतिक्रिया दिनुहोस्