विरेन्द्रनगर र सुर्खेत नगरपालिकामा फोहरबाट ऊर्जाः परियोजना निर्माणका लागि त्रिपक्षीय सम्झौता
निर्माण सञ्चार, २८ फागुन, काठमाडौं । सुर्खेत जिल्लाको जिल्लाको विरेन्द्रनगर नगरपालिकामा फोहरबाट ऊर्जा परियोजना निर्माणको लागि सम्झौता सम्पन्न भएको छ ।
परियोजना निर्माणको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, विरेन्द्रनगर नगरपालिका तथा परियोजना निर्माणकर्ता कम्पनी (के.पी. व्यवसायिक सेवा प्रा.लि.) बीच सम्झौता सम्पन्न भएको छ ।
उनुभयो । साथै यस्ता परियोजनाहरु निर्माण गर्दा वातावरणीय तथा सुरक्षात्मक उपायहरुलाई प्रभावकारी रुपमा लागू गर्नुपर्ने उनको जोड छ । नगरपालिकाको फोहरबाट ऊर्जा परियोजना तथा व्यवसायिक ठूला बायोग्यास परियोजनाको संख्यामा वृद्धिसँगै यस क्षेत्रमा कार्य गर्ने दक्ष सेवा प्रदायक कम्पनी तथा जनशक्तिको आवश्यकता रहेको उनको भनाइ छ ।
प्रकाशित: २०७६ फाल्गुण २८
कूल ३० टन क्षमताको परियोजनाबाट दैनिक ७२० केजी प्रशोधित बायोग्यास तथा ९ मेट्रिक टन जैविक मल उत्पादन हुने आयोजकको दाबी छ । उत्पादित ग्यासलाई पाइपलाइन मार्फत वितरण गरिनेछ । परियोजनाबाट करीब एक हजार ३ सय घरधुरी लाभान्वित हुनेछन्मंगलबार २७ गते ललितपुरको खुमलटारस्थित वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालयमा त्रिपक्षीय सम्झौता भएको केन्द्रले जानकारी दिएको हो । सम्झौतामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, विरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुबेदी तथा आयोजना निर्माणकर्ता कम्पनीका प्रबन्ध निर्देशक कृष्ण प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।
परियोजनाको भोलुम
कूल ३० टन क्षमताको परियोजनाबाट दैनिक ७२० केजी प्रशोधित बायोग्यास तथा ९ मेट्रिक टन जैविक मल उत्पादन हुने आयोजकको दाबी छ । उत्पादित ग्यासलाई पाइपलाइन मार्फत वितरण गरिनेछ । परियोजनाबाट करीब एक हजार ३ सय घरधुरी लाभान्वित हुनेछन् । परियोजनाको कूल लागत १४ करोड १५ लाख ६२ हजार रहेको छ । परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तथा प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन केन्द्रको प्राविधिक मूल्यांकन समितिले स्वीकृत गरिसकेको छ । विश्व बैंक समेतको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम (Scaling up Renewable Energy Programme-SREP) अन्तर्गत कार्यान्वयन हुने परियोजनाको कूल लागतको ४० प्रतिशत (५ करोड ६६ लाख २४ हजार ८ सय) अनुदान वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रदान गर्नेछ भने बाँकी ६० प्रतिशत लगानी परियोजना निर्माणकर्ताले गर्नेछ । डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ढाँचामा निर्माण हुने उक्त परियोजना अवधि २० वर्षको हुनेछ । परियोजना निर्माणकर्ताले २० वर्षसम्मको सफल सञ्चालन पश्चात् उक्त परियोजना नगरपालिकालाई हस्तान्तरण गर्नेछ । परियोजनाको लागि आवश्यक जग्गाको व्यवस्था विरेन्द्रनगर नगरपालिकाले गरेको छ । परियोजनाको लागि आवश्यक कच्चा पदार्थको रुपमा नगरपालिकाबाट संकलन हुने कुहिने फोहर, छाडा पशु व्यवस्थापनबाट संकलन हुने गोबर तथा अन्य व्यवसायिक प्रतिष्ठानहरुबाट उत्पादन हुने जैविक फोहर समेत उपयोग गरिनेछ ।क्षमता अनुसारको उत्पादन र प्राविधिक गुणस्तरमा जोड
कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले परियोजनाको क्षमता अनुसारको उत्पादन तथा प्राविधिक पक्षमा जोड दिनुपर्ने बताएका छन् । कार्यकारी निर्देशक अधिकारीले परियोजनाको उपकरण आयात गर्नुपर्ने भएकोले उपकरणहरुको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने, परियोजनाको क्षमता अनुसार उत्पादन हुने ग्यारेन्टी गरेर मात्र आयोजनाको सामाग्री खरीद प्रक्रिया अघि बढाउनुपर्ने बताए ।उनुभयो । साथै यस्ता परियोजनाहरु निर्माण गर्दा वातावरणीय तथा सुरक्षात्मक उपायहरुलाई प्रभावकारी रुपमा लागू गर्नुपर्ने उनको जोड छ । नगरपालिकाको फोहरबाट ऊर्जा परियोजना तथा व्यवसायिक ठूला बायोग्यास परियोजनाको संख्यामा वृद्धिसँगै यस क्षेत्रमा कार्य गर्ने दक्ष सेवा प्रदायक कम्पनी तथा जनशक्तिको आवश्यकता रहेको उनको भनाइ छ ।
विश्व बैंक समेतको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम (Scaling up Renewable Energy Programme-SREP) अन्तर्गत कार्यान्वयन हुने परियोजनाको कूल लागतको ४० प्रतिशत (५ करोड ६६ लाख २४ हजार ८ सय) अनुदान वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रदान गर्नेछप्लान्टका निर्माण चरणदेखि नै नगरपालिकाले प्राविधिकहरुलाई संलग्न गराइ भविष्यको लागि प्राविधिक जनशक्ति उत्पादन गर्न पनि ध्यान दिनु पर्ने अधिकारीले सुझाए । परियोजना निर्माणको लागि कम्पनी छनौट भइसकेकोले १ वर्षभित्र परियोजना निर्माण सम्पन्न हुने केन्द्रका बायो इनर्जी शाखा प्रमुख मुकेश घिमिरेको भनाइ छ ।
एकीकृत ढाँचामा कार्यान्वय गरिने
विरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देव कुमार सुबेदीले यस परियोजनाले नगर सफा राख्न सघाउ पु¥याउनुको साथै छाडा चौपाया व्यवस्थापन, पशु बधशालाबाट उत्पन्न हुने फोहर व्यवस्थापनमा समेत सघाउ पुर्याउने भएकोले परियोजना बहुउपयोगी तथा एकीकृत ढाँचामा आधारित रहेको बताए । लामो प्रयासपछि परियोजनाको सम्झौता गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै परियोजना समयमै सम्पन्न गर्नको लागि नगरपालिकाले कार्य गर्ने उनको भनाइ छ ।परियोजना समयमै सम्पन्न हुने प्रतिबद्धता
परियोजना निर्माण कम्पनीका प्रबन्ध निर्देशक कृष्ण प्रसाद ढकालले बायोग्यास र जैविक मलको उत्पादन गरी व्यवसायिक रुपमा बिक्री गर्र्न सकिने सम्भाव्यता देखेर परियोजनामा लागनी गर्न लागिएको बताए । परियोजना प्रतिको आफ्नो जिम्मेवारीलाई बुझेरै परियोजनामा लगानी गर्न लागिएकोले तोकिएकै समयमा परियोजना निर्माण सम्पन्न गरिने उनको दाबी छ । ०००प्रकाशित: २०७६ फाल्गुण २८
March 11th 2020
प्रतिक्रिया दिनुहोस्