नेपाली समय: ०५:२३:४० बिहान
वि.सं २०७९ जेठ १०   मंगलवार

मोहनापुल–अत्तरिया ६ लेन सडकः भौतिक प्रगती ७० प्रतिशत, कति गरीयो कालोपत्र कति बाँकी ?

निर्माण सञ्चार, २८ फागुन, कैलाली । कैलाली जिल्लाको केन्द्र धनगढी । कञ्चनपूर बाहेक सुदूरपश्चिमका अन्य ८ जिल्लाको रोजगारीका लागि भारत आवागमनको नाका त्यसमाथि सरकारी कार्यालयले खचाखच भिड, बाक्लो बस्ती, सेवा सुविधायुक्त ठाँउ भएकाले जोकोहिको रोजाइको केन्द्र बनेको छ धनगढी । 

मालाखेतीका प्रेम बोगटी भन्दछन् करिब ८ वर्ष अगाडि कलेज पढ्न दैनिक साइकलमै मालाखेती–धनगढी १९ किलोमिटर यात्रा गर्दथ्य । त्यो समयमा सडकमा साइकल धेरै देखिन्थ्य तर अन्य सवारी चाप भने सामान्य देखिन्थ्यो । केहि समयको अन्तरालपछि बोगटी धनगढी बाइकमा आवागमन गर्न थालेको बताउँछन् । 

उनी भन्दछन्, ‘पहिले सागुरो सिङ्गल लेन सडक भएतापनि आवागमन गर्न सजिलो नै थियो, तर पछि एकाएक सडक ६ लेनको बनाइने भन्ने सुन्दा निकै खुशि लाग्यको थियो, फराकिलो सडकमा कति रमारलो होला सोच्दै सधै मनमा उमङ्ग गदगद सहितका यात्रा गरेको ४ वर्ष पुरा भएछ ।’ 

बोगटीले सडक कहिले बन्छ त्यो त थाहा छैन् आशा र उमङ्ग सहितको यात्रा गरिरहेको छु । सडकको हालत देख्दा ६ लेनको परिकल्पना गर्दछु र आवागमन सहजता मिलेको बताउँछन् । 

‘विहानीको सुरुआतमा सधै ६ लेन चाडौ पूर्णता पाउने सोचले दिनहु आवतजावत चलिरहेको छ,’ बोगटी भने, ‘सडक बनेन भन्ने पिरले भन्दा पनि चाडै बल्ला भन्ने सोचले दिनहुका अफ्ठ्यारालाई स्वीकार गर्दै यो बाटो हिडिरहेको छु ।’

अहिले लाखौं मान्छेले दुख पाइरहेका छन्, सडक समयमा सम्पन्न नहुँनुमा निर्माण व्यवसायीको लापरवाही हो या त सरकारको, विगतमा जेसुकै भएपनि नेतृत्व पक्षले आगामी दिनमा जनताको समस्यालाई मध्यनजर गर्दै जिम्मेवारीता बहन गरीदिए चाडैँ सडकले पूर्णता पाउँनेमा विश्वस्त रहेको बोगटीले बताए । 

लामो समयदेखि अत्तरीयामा निर्माणाधीन मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण अवधि सकिएपछि पून एक वर्ष थप गरिएको छ। 

निर्माण सम्पन्न सम्झौता अवधि सकिएको नौ महिनापछि पून सडकको म्याद थप गरिएको हो। एक नम्वर प्याकेजको म्याद विसं २०७७ मङ्सिर ६ गतेसम्म र दोस्रो तथा तेस्रो प्याकेजको मङ्सिर १५ सम्मका लागि म्याद थप गरिएको मोहनापुल–अत्तरिया सडक योजना कार्यालय धनगढीका योजना प्रमुख होमबहादुर एसीले बताए।

निर्माण कम्पनीले विसं २०७४ जेठमा २४ महिनाभित्र निर्माण गरिसक्ने गरी ठेक्का सम्झौता गरेकामा सम्झौता अनुसार गत जेठमा सम्पन्न हुनुपर्ने काम आधा मात्रै सकिएपछि म्याद थप गरिएको जनाइएको छ। चालू आवको माघ मसान्तसम्म छ किलोमिटर सडक एकतर्फी कालोपत्र भइसकेको योजना कार्यालयले जनाएको छ।

सङ्घीय सरकारको बजेटमा निर्माणाधीन कूल साढे १४ किलोमिटर लामो यो सडकखण्डको १० किमी छ लेन र साढे चार किमी चार लेनको हुनेछ। एक अर्ब ६८ करोड लागत रहेको उक्त सडक निर्माणका लागि तीन खण्डमा छुट्याई ठेक्का दिइएको छ।

भन्सार–रोडस्थित मोहनापुलबाट अत्तरियाचोकसम्म १४ दशमलव १७ किलोमिटर लामो तथा ३२ दशमलव दुई मिटर चौडा सडक निर्माण गरिनेछ। 

दुवैतिर तीन–तीन मिटर फुटपाथ रहने छ। लेन सडकमा ८० किलोमिटर प्रतिघण्टाका दरले सवारी कुदाउन सकिने छ। 

विसं २०७४ जेठमा मोहनापुल–अत्तरिया छ लेन सडकको निर्माण शुरू भएको थियो। यो अवधिसम्म ७० प्रतिशत मात्र काम भएको सडक योजना कार्यालयले बताएको छ।

 

 

०००



प्रकाशित: २०७६ फाल्गुण २८
March 11th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार