चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्न सरकारको निर्देशन
निर्माण सञ्चार, ०५ चैत, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पूर्वतयारीका लागि चैत ३० गतेसम्म विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णयमा भनिएको छ, ‘२०७६ चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने । तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयहरूका पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने ।’
प्रकाशित: २०७६ चैत्र ५
प्रकाशित: २०७६ चैत्र ५
March 18th 2020
प्रतिक्रिया दिनुहोस्