नेपाली समय: ०४:३८:३५ बिहान
वि.सं २०७७ साउन २०   मंगलवार

बिहीबारबाट हुने तय भएको एसइई परीक्षा स्थगित, त्रिविको पनि !

निर्माण सञ्चार, ५ चैत, ०७६, काठमाडौं । कोरोना संक्रमण सन्त्रास बढेसँगै नेपाल सरकारले पनि बिहीबार अर्थात् भोलिदेखि हुने तयार गरिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरेको छ ।

सरकारले परीक्षा सुरु हुने अघिल्लो दिन सन्ध्याकालीन समयमा परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 

कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको वैठकले एसइई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

एसइई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुँदै थिए ।

एकाएक किन स्थगित भयो परीक्षा ?

परीक्षा स्थगित बारे  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले चैतमा हुने भनिएका एसइई सहितथ विश्‍वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

मन्त्री पोखरेलले भने, ‘हो, सरकारले कोरोना महामारीलाई ध्यानमा राखेर एसइई लगायत विश्वविद्यालयका परीक्षा पनि स्थगित गर्ने निर्णय गरिएको हो ।’

बुधबारको नेकपा सचिवालय बैठकले पनि सरकारलाई चैतमा हुने सबै परीक्षा स्थगित गर्न सुझाव दिएको थियो ।

स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । 

त्रिविको परीक्षा पनि स्थगित !

त्यस्तै, सरकारले विश्वविद्यालयका परीक्षा पनि स्थगित गरेको छ। शिक्षा मन्त्री पोखेरलका अनुसार चैत महिना हुने विश्वविद्यालयका परीक्षा स्थगित गरिएको हो।

तर, विद्यालय र विश्वविद्यालयका पठनपाठनसहित परीक्षा स्थगित कहिलेसम्म गर्ने भन्नेबारे चालू परीक्षा बोर्ड बैठकले आवश्यक निर्णय लिने उनको भनाइ छ । 


०००

 

यो पनि



प्रकाशित: २०७६ चैत्र ५
March 18th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार