नेपालमा कोरोना अपडेटः दुबईबाट आएका चौथो कोरोना संक्रमित व्यक्ति धनगढीमा भेटिएपछि ...!
निर्माण सञ्चार, १४ चैत, काठमाडौं । विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि बढ्दो क्रममा रहेको देखिएको छ ।
हालसम्म ३ जना मात्रै संक्रमित भेटिएको बताएको सरकारले कोरोना भाइरस संक्रमित चौथो व्यक्ति फेला परेको बताएको हो ।
धनगडीमा भेटिएका उनी प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
स्वास्थ्य प्रवक्ता विकास देवकोटाले शुक्रबार भएको सञ्चार साक्षात्कारमा यसबारे जानकारी गराउँदै भने, ‘पछिल्लो अपडेट अनुसार धनगडीमा एक जनालाई कोरोना भइरस संक्रमण भएको पुष्टि भएको छ ।’
दुबईबाट आएका ती व्यक्ति गत ११ गते अस्पताल भर्ना भएका थिए । उनको उमेर ३४ वर्षको रहेको छ । हाल उनको अवस्था सामान्य रहेको मन्त्रालयले बतायो ।
विदेशबाटै आएका व्यक्तिहरुमा संक्रमणको मात्रा बढी पाइएको बताउँदै प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने बताएका छन् । तर, सरकार खोजी गरिरहेको उनको भनाइ छ ।
सरकारले विदेशबाट आएका जोकोही पनि बिना हिचकिचाहट होम क्वारेन्टाइनमा बस्न र सरकारको सम्पर्कमा आउन आग्रह गरेको छ ।
यसअघिको आँकडा अनुसार नेपालमा ३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने यो चौथो पुष्टि भएको डाटा हो ।
०००
पढौं यो पनि
प्रकाशित: २०७६ चैत्र १४
पढौं यो पनि
नेपालमा कोरोनाः ८०२ को परीक्षण गर्दा ३ जनामा मात्रै ‘पोजेटिभ’, २ को अवस्था सामान्य- १३ जना ३ अस्पतालका आइसोलेसनमा
प्रकाशित: २०७६ चैत्र १४
March 27th 2020
प्रतिक्रिया दिनुहोस्