नेपाली समय: ०९:४४:१९ बिहान
वि.सं २०७७ जेठ २४   शनिवार

कोरोनाको पाँचौं रोगीले जन्माएको आशंकाः विदेशबाट आएका नेपालीको चरम लापरबाही, रोग बोक्दै गुपचुप भाग्ने कि चेकजाँच गराउन थाल्ने ?

निर्माण सञ्चार, १५ चैत, काठमाडौं । सरकारले शनिबार पाँचौं कोरोना भाइरस संक्रमित युवती रहेको सूचना बाहिर ल्यायो । चैत १० गते पुष्टि भइसकेकी बागलुङकी ती युवतीको कोरोना संक्रमणको समाचार ५ दिनसम्म किन लुकाइयो ? यो घटनाले यात सरकारले सूचना ढिला पाइरहेको या त विदेशबाट आउने नेपालीहरु रोग लुकाउनेतिर लाग्नु हो । 

जुन दुवै कुरा घातक छन् । विदेशबाट आएका नेपालीहरु किन सरकारको सम्बन्धित निकायमा जाँदैनन् भन्ने प्रश्न जसरी यस अघि धनगडीका चौथो संक्रमित व्यक्तिको संक्रमण पुष्टि भएसँगै जन्मिएको थियो । बागलुङ्गे युवतीको केसले त्यस्तै कुरालाई बल पुराएको छ ।

इमानदारिता यो हो कि विदेशबाट आएकाहरु तुरुन्त स्वास्थ्य वा सम्बन्धित निकायकहाँ पुगेर आफूमा कोरोना भाइरस संक्रमण भए नभएको जाँच गराउनु राम्रो हो । नत्र आफू त रोगी भयो भयो, तर उसले आफू सहित आफ्ना स्वजन र आफन्त, गाउँ र पूरै देशलाई डँडेलो जस्तै गरी रोग सल्काउन मात्र योगदान दिने भयो । 

यस्तो कलंकित बनेर रोग नलुकाउन विदेशबाट फर्किएका नेपालीहरुलाई यतिबेला सामाजिक सञ्जालमा आलोचनात्मक सुझावहरु दिनेको भिड लागेको पनि छ ।

...
ती युवती युरोप (बेल्जियम) बाट कतार हुँदै चैत ४ गते क्यूआर ६५२ नम्बरको फ्लाइटबाट नेपाल आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी गराए ।

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो । उनको उमेर १९ वर्षको रहेको छ ।

तर, स्मरणरहोस्, तथ्यहरुले ती युवतीलाई चैत १० गते नै कोरोना संक्रमण भएको स्थानीय अस्पतालले जनाएको थियो । उनी यो पाँच दिन सरकार र सम्बन्धित निकाय भन्दा पर पर भागेर बसेको देखिन्छ । उनी यो पाँच दिन आफ्नै घरमा बसेको स्थानीयले बताए ।

कोरोना पुष्टि हुँदा सरकारले शनिबार अर्थात् चैत १५ गते थाहा पायो !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसबारे जानकारी दिँदै ती युवतीको आजको अवस्था भने सामान्य रहेको बताए । 

यो घटनासँगै नेपालमा कोरोना भाइरस संक्रमणको पाँचौ संक्रमित बन्न पुगेकी छन् ती युवती ।

उनमा कोरोना संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । 

उनीसँगै सोही दिन नेपाल आउने विमानमा सवार १५८ यात्रुको खोजी थालिएको मन्त्रालय स्रोतले बतायो ।

खोजी क्रममा बागलुङ नगरपालिकामा रहेकी ती युवतीलाई धौलागिरि अस्पतालमा नमुना संकलन गराइएको थियो ।

नमुना संकलनपछि विदेशबाट आएकी उनी आफैंमा लापरबाह रहेको देखिन्छ । उनी रोग लागेनलागेबारे भन्दा पनि घरमा गुपचुप बस्न चाहेको देखियो ।

यद्यपि शनिबार भएको परीक्षण पछि उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनलाई आजै सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको गृह मन्त्रालय स्रोतले बतायो ।


०००

पढौँ यो पनि

 

नेपालमा कोरोना अपडेटः दुबईबाट आएका चौथो कोरोना संक्रमित व्यक्ति धनगढीमा भेटिएपछि ...!

 

 



प्रकाशित: २०७६ चैत्र १५
March 28th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार