नेपाली समय: ०८:४१:२३ pm
वि.सं २०७७ जेठ २०   मंगलवार

कोरोना अपडेटः ‘नेपालमा कोरोनाबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन’

निर्माण सञ्चार, १७ चैत, काठमाडौं । विश्वमहामारी बनेको कोरोना भाइरसबाट नेपालमा अहिलेसम्म कसैको मृत्यु नभएको सरकारले दाबी गरेको छ । 

गएका २४ घण्टामा ७६ जनाको कोरोना भाइरस परीक्षण रिपोर्ट सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी गराएका हुन् ।

स्वास्थ्य मन्त्रालयले राखेको डाटा
हालसम्म जम्मा ९ सय ९३ जनाको नमूना परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले आइतबार र सोमबार ४ः०० बजेअघिसम्म गरी ७६ जनाको नमूना रिपोर्ट सार्वजनिक गरेको हो । 

जसमा ७६ जना श‌ंकास्पद बिरामीमा पनि कोरोना नदेखिएको प्रवक्ता देवकोटाको दाबी छ ।

स्वास्थ्य मन्त्रालय अनुसार हालसम्म परीक्षण गरिएका ९ सय ९३ मध्ये कोरोना भाइरस संक्रमणको आशंकामा काठमाडौंमा ७ जना आइसोलेसनमा रहेका छन्। 

उनीहरु ३ जना राजधानीका विभिन्न अस्पतालमा र चारजना टेकुमा रहेका छन् । मन्त्रालय स्रोत नयाँ संक्रमण पनि नदेखिएको बताउँछ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुमा पनि कोरोनाको कुनै लक्षण नभेटिएको बताउँछ । 

कोरोना भाइरस संक्रमित भनिएका ४ जना बिरामीको सम्पर्कमा आएका व्यक्तिहरुको नमूना परीक्षण गर्दा पनि उनीहरुमा कोरोना पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

मन्त्रालय अनुसार उक्त परीक्षणमा बिरामीका आफन्त, उनीहरुले भेटेका केही साथीहरुको समेत नमूना परीक्षण गरिएको थियो। 

मन्त्रालय अनुसार अहिलेसम्म ५ जनामा मात्र कोरोना संक्रमण देखिएको छ। तीमध्ये पनि एक जना उहिल्यै स्वस्थ भर्इ घर फर्किसकेका छन् । ४ जनाको त विभिन्न अस्पतालमा उपचार भइरहेको माथि नै उल्लेख छ।

मन्त्रालयको दाबी छ कि, ‘अहिलेसम्म नेपालमा कोरोनाबाट कसैको मृत्यु भएको छैन ।’ तर, नेपालमा पछिल्ला दिनमा कोरोना आशंकामा अस्पतालमा परीक्षण गराउनेको संख्या ह्वात्तै बढेको छ भने आइतबार र सोमबार मात्रै बुटवलको कोरोना विशेष अस्पतालदेखि काठमाडौंका वीर र पाटन अस्पतालमा मृत्यु हुनेहरु समेत कोरोना आशंकामा अस्पताल पुगेका थिए ।

नेपालमा कोरोना भाइरस परीक्षण अहिलेसम्म काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल र दुई दिन अघिदेखि चाहिँ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र हुने गरेको छ ।

दुर्भाग्यको कुरा के छ भने जुन रोगको आशंकामा बिरामीहरु अस्पताल पुगे, उनीहरुको रोगको रिपोर्ट आउन नपाउँदै उनीहरुको निधन हुन पुगेको छ । रिपोर्ट आउनमा हुने गरेको लम्बेतान ढिलाइका कारण समयमै यही रोग लागेको हो भनी त्यही उपचार हुन नपाउँदा बिरामीहरु उत्पीडित मात्र हैन मृत्युको शिकारसम्म बन्नु परेको मृतकका आफन्तहरुको गुनासो छ ।

यसको ज्वलन्त उदाहरण हो, बुटबलको कोरोना विशेष अस्पतालमा निधन भएका बाबुराम थापादेखि वीर र पाटन अस्पतालमा मृत्यु हुन पुगेका थप ३ बिरामीहरु । 

जसले आफ्नो रोगको रिपोर्ट कुर्दा मृत्यु वरण गरिसक्नु परेको छ । बुटवलका मृतक थापाले त आफन्तलाई आइसोलेसनमा १८ घण्टासम्म खानै नदिएको दुर्दान्त कथा सुनाएका थिए । 

सरकारले स्थापना गरेको आइसोलेसनहरु नाममात्रका देखिएका छन् । त्यहाँ अस्पतालीय सुविधा, आपतकालीन स्वास्थ्यकर्मी र उपकरणहरु हुनु पर्नेमा त्यस्तो छैन । र, उपचारका लागि गएकाहरुलाई स्वास्थ्यकर्मीहरुले उपचार गर्न नै हिम्मत गरिरहेका छैनन् ।

 

०००

पढौं यो पनि
 

नेपालमा कोरोनाः ८०२ को परीक्षण गर्दा ३ जनामा मात्रै ‘पोजेटिभ’, २ को अवस्था सामान्य- १३ जना ३ अस्पतालका आइसोलेसनमा

 



प्रकाशित: २०७६ चैत्र १७
March 30th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार