नेपाली समय: ०४:३७:०४ अपरान्ह
वि.सं २०८३ बैशाख ८   मंगलवार

विश्वमहामारी अपडेटः कोरोनाबाट मृत्यु हुनेको संख्या नाघ्यो ४६ हजार, संक्रमित पनि ९ लाख १८ हजार, निको हुने कति ?

निर्माण सञ्चार, १९ चैत, एजेन्सी । विश्वमहामारी कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट विश्वभर ४५ हजार ३ सय ४५ बढीको मृत्यु भइसकेको छ । बुधबारसम्म विश्वभर ९ लाख ३ हजार ८ सय भन्दा बढीको संख्यामा कोरोना भाइरस सङ्क्रमित बिरामीहरु बनेका छन्। 

  • जम्मा संक्रमित- ९१७,९१३, कुल मृत्यु- ४६,०६२, निको भएको- १९३,३३३
यस क्रममा उपचार पछि निको हुनेको संख्या १ लाख ९ हजार ३ सय ३३ पुगेका छन्।

० कहाँ कतिको मृत्यु ?

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार कोरोना संक्रमणबाट सर्वाधिक ज्यान मुलक बनेको इटलीमा १ लाख ५ हजार ७९२ कुल सङ्क्रमित पुगेका छन् । जहाँ १२ हजार ४२८ को मृत्यु भएको छ। 

यसैबीच १५ हजार ७२९ निको भएर फर्किएका छन्। 

त्यस्तै, स्पेनमा एक लाख २ हजार १३६ कुल सङ्क्रमित छन् भने आजसम्म गरी ९ हजार ५३ को मृत्यु भएको छ। त्यहाँ १९ हजार २५९ निको भएर फर्किएका छन्। 

० नयाँ एपिसेन्टर अमेरिकाः चुनौतीको ठूलो घेराभित्र 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले आगामी २ साता संयुक्तराज्य अमेरिकामा झनै भयावह अवस्था हुने ठोकुवा गरेका छन् । 

अमेरिकालाई लक डाउन नगरी सुरक्षा संवेदनशीलता प्रति गम्भीर नभएको आरोप खेपिरहेका ट्रम्प आफैंले आउने २ साता कोरोनाले झनै समस्या पार्ने बताउनुले अमेरिका कति गम्भीर अवस्थामा पुगेको छ भन्ने अनुमान लगाउन सकिन्छ ।

बुधबारसम्म यहाँ २ लाख कुल सङ्क्रमित हुनेको संख्या पुगेको छ । कोरोना संक्रमणका कारण ४ हजार ४ सयको मृत्यु भइसकेको छ भने ७ हजार २५१ निको भएर फर्किएका छन्।

त्यस्तै, जुन देशबाट कोरोना संक्रमण सुरु भयो त्यो मुलुक चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित पुगेका छन् भने ३ हजार ३१२ को मृत्यु भएको छ। 

यहाँ निको भएर घर फर्किनेको सङ्ख्या ७६ हजार २३८रहेका छन्। 

फ्रान्समा ५२ हजार १२८ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ५२३ को मृत्यु भएको छ। इरानमा ४७ हजार  ५९३ कुल सङ्क्रमित भएका छन् भने ३ हजार व्यक्तिको मृत्यु भएको छ। 

बेलायत जहाँ राजकुमार चाल्र्स र प्रधानन्त्री जोनसन समेत कोरोना संक्रमित बन्न पुगे । त्यहाँ २९ हजार ४७४ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ३५२ को मृत्यु भएको छ। 

बेलायतमा निको भएर घर फर्किनेको सङ्ख्या १३५ मात्रै रहेको छ। 

जर्मनीमा ७३ हजार २१७ कुल सङ्क्रमित भएका छन् भने ८०२ को मृत्यु भएको छ। यसैबीच  १६ हजार १०० निको भएको बताइएको छ। 

यस्तै दक्षिण एशियाली मुलुक पाकिस्तानमा दुई हजार ७१ जनामा सङ्क्रमण पुगेका छन् भने भारतमा एक हजार ६३७ सङ्क्रमित भएका छन्। भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ भने पाकिस्तानमा २६ जनाको मृत्यु भएको छ। 

दक्षिण एशियाली मुलुक नेपालमा सरकारले कोरोनाकै कारण मर्नेको संख्या नरहेको बताएको छ भने संक्रमण हुने ५ जना र निको भइ फर्कनेको संख्या १ जना रहेको बताएको छ । यस अवधिसम्ममा सरकारले ११४५ जनाको परीक्षण गरेको जनाएको छ ।

दक्षिण एसियाली अन्य मुलुक बंगलादेश, भुटान, श्रीलंकामा भने सङ्क्रमण न्यून सङ्ख्यामा देखिएको जनाइएको छ।


०००



प्रकाशित: २०७६ चैत्र १९
April 1st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार