नेपाली समय: ०१:५४:०५ बिहान
वि.सं २०८१ चैत्र ३   सोमवार

हिरोसिमामा बस खसालिएको ७५औं दुखद स्मृति दिवसमा नेपाल आप्सोको मागः ‘किन माफ माग्दैन अमेरिका ?’

निर्माण सञ्चार, २२ साउन, काठमाडौं

ठिक आजैको दिन अर्थात् अगस्ट ६ तारिखकै दिन सन् १९४५ (६ अगस्टको बिहान ८ः१५ बजे) र दोस्रो पटक अगस्ट ९ तारिख बिहान ११ः०२ बजे अमेरिकाले दोस्रो विश्वयुद्ध समाप्ता पर्ने र त्यसपछिको विश्वमा आफ्नो विश्वदादागिरी स्थापित गर्ने उद्देश्यले जापानमाथि बम खसालेको थियो । 

दोस्रो विश्वयुद्धमा शक्ति राष्ट्रका रुपमा उदाएको जापानको पराजयपछि पश्चिमा शक्ति केन्द्रको नाइके हुने सपना पालेको अमेरिकाले जापानलाई आत्मसमपर्ण गराउन आणविक हतियारको प्रयोग गरेर लाखौं निर्दाेष जापानी मानिसहरुको हत्या गरेका रुपमा यी दिनहरुको स्मरण गरिन्छ । र, युद्ध विभीषिकाबाट हुने प्राकृतिक तथा मानवीय क्षति रोक्न नयाँ संकल्प गर्ने गरिन्छ ।

जापानको हिरोशिमा र नागासाकीमा लिट्टिलब्वाय र फ्याटम्यान निकनेम राखेर बम खसालेको थियो । जुन घटनामा परी लाखौं निहत्था मानिसको ज्यान गएको थियो ।

हजारौं मानिस आणविक घाइते जसलाई जापानी भाषामा हिवाकुशा भनिन्छ, भएका थिए । र, पछिसम्म पनि जापानीहरु होचा हुने, मानसिक समस्या पनि हुने जस्ता सूक्ष्म रोगहरुबाट पीडित भएको अनुसन्धानले बताएका छन् । बमबाडीबाट हुने बहुगुणा नकारात्मक असरबारे आज पनि विश्वभर चिन्ता प्रकट गरिन्छ ।

तर, दुर्भाग्य के हो भने, जतिबेला जापानमा बम प्रहार गरिएको थियो, यो ७५ वर्षमा विश्वलाई पटकै पिच्छे ध्वस्त गर्ने झन आधुनिक आणविक हतियार बनाइएको छ । यस्तो अणविक स्पर्धाको नाइके अहिले पनि शक्ति राष्ट्रहरु नै छन् । 

सोही दिनलाई सम्झँदै नेपाल आप्सोले ७५औं स्मृति दिवसको सम्झाना गरेको आप्सोका सदस्य रमेश आचार्यले निर्माण मिडियालाई जानकारी दिए । 

उक्त स्मृति दिवसको अवसरमा आप्सोले ‘२१ औं शताब्दीको विश्व आणविक हतियारमुक्त र विश्व शान्ति को शताब्दी’ बनाउने अभियानमा प्रतिबद्धता जनाएको छ । 

नेपाल अफ्रो एसियाली जनएकता संगठन परिवारका महासचिव डा. गोपाल पोखरेल विवशले हस्ताक्षर गरेको विज्ञप्तिले मानव जाति विरुद्धको नरसंहार गरेको उक्त घटनाको आजसम्म पनि अमेरिकाले माफी नमाग्नु लाजमर्दाे विषय रहेको उल्लेख गरेको छ ।

नेपाल आप्सोले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘निमेषभरमै लाखौं जनता युद्ध विभीषिकामा पारेको अमेरिकाले जापानी जनतासँग किन माफ माग्दैन ? गल्ती भएको रहेछ भनेर माफ माग्दा त अमेरिकाकै महानता हुने थियो ?’

बमबाडीले ध्वस्त क्षेत्रको अवलोकन गर्दै रहेको एक मानिस सहितको यो चर्चित तस्वीर ।

०००
 



प्रकाशित: २०७७ साउन २२
August 6th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार