नेपाली समय: ०८:३८:५१ बिहान
वि.सं २०७७ आषाढ २८   आइतबार

नियन्त्रण रेखाभित्रै गयो भारतीय सैनिकको ज्यानः चिनियाँ सैनिकसँग भएको झडपमा मारिए कर्नेलसहित २ भारतीय सैनिक

निर्माण सञ्चार, २ असार, काठमाडौं । छिमेकी देशहरु कसैसँग पनि राम्रो सम्बन्ध नभएको देशका रुपमा भारतलाई चिनिन्छ । 

हिजै मात्र भारतले चिनियाँ सैनिकसँग निहुँ खोजेपछि सीमा क्षेत्र लद्दाखमा भारतले ३ जना सैनिक गुमाउनु परेको छ । 

  • भारतको कुनै पनि छिमेकी देशसँग छैन राम्रो सम्बन्ध किन ? 
चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा सोमबार राति दुई देशका सैनिकबीच भएको हिंसात्मक झडपमा ३ भारतीय सैनिकहरु मारिएका हुन् ।

मृत्यु हुनेमा भारतीय एक कर्नेल सहित २ सिपाही रहेका छन् । यस अघि पनि पटक पटक झडप हुने गरेका समाचारहरु आइरहे पनि यस पटक भने चिनियाँ सैनिकले भारतीय सैनिकलाई ‘सबक’ सिकाएका छन् । 

सन् १९७५ पछिको नियन्त्रण रेखामा भएको झडपमा भारतीय सेनाको ज्यान गएको यो पहिलो घटना हो ।

करिब महिनादेखि लद्दाख क्षेत्रमा चीन र भारतीय सैनिक बीच कम्तीमा ५ वटा तनाव भइसकेका छन् । कारण भारतीय तर्फबाट बाटो विस्तारको काम पछि चीन र भारतसँग सीमानामा तनाव बढिरहेको छ ।

नेपाली भूभाग लिपुलेक मिचेजस्तै भारतले त्यहाँ पनि एकपक्षीय रुपले बाटो विस्तार गरेपछि चिनियाँ पक्ष रुष्ट बनेको छ । यस विषयलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरु बताउँछन् । 

तनाव बढेसँगै केही दिन अघि मात्रै चीनले सो क्षेत्रमा आफ्नो सैनिक संख्या दोब्बर बनाएको थियो भने भारतले पनि सैनिक थपेको थियो । 

दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका छन् । यस बीचमा गत जुन ६ मा वार्ता भएको भनिए पनि निकास भने निस्किएको छैन ।

भारतीय सेनाका प्रवक्ताले जारी गरेको विज्ञप्ति अनुसार लद्दाख क्षेत्रमा भारतीय भूमि भित्रै उस तर्फका सेनाका एक अधिकारी र दुई जवान मारिएको दाबी उल्लेख छ ।

वक्तव्यमा अहिले दुई पक्षका वरिष्ठ सैनिक अधिकारीहरुको बीच वार्ता पनि भइरहेको भनिएको छ । दुवै पक्ष स्थिति सहज बनाउने प्रयासमा जुटिरहेका छन् भनिएको पनि छ ।


०००


 



प्रकाशित: २०७७ आषाढ २
June 16th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार