कोरोना फैलिएपछि साउदी अरबमा २४ घन्टे कफ्र्युः जहाँ नेपाली कामदार ६७४ संक्रमित र एकको मृत्यु
निर्माण सञ्चार, ३१ वैशाख, काठमाडौं । बकर इदको मुखमै साउदी अरब सरकारले २४ घन्टे कफ्र्यु आदेश दिएको छ । सहर चारैतिर सुनसान छ भने उच्च सतर्कता साथ सुरक्षा र चेकजाँच भइरहेको छ ।
साउदी अरब नेपाली कामदारको पनि मुख्य श्रम गन्तब्य हो जहाँ हजारौं संख्यामा नेपाली युवाहरु श्रममा संलग्न छन् ।
पछिल्लो आँकडा अनुसार साउदी अरेबियामा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ६७४ पुगेको छ भने एकजना संक्रमित नेपालीको मृत्यु पनि भइसकेको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबको पूर्वी क्षेत्रमा ३३६ जना नेपाली संक्रमित भेटिएका छन् । जुन ठाउँमा श्रमिकका रुपमा नेपालीहरूको ठूलो उपस्थति छ ।
साउदी अरेबियास्थित नेपाली दूतावासले पनि आफूहरु जानकारीमा रहेको र नेपालीहरुका लागि सहयोगबारे अग्रसर रहेको जनाएको छ ।
त्यहाँको पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान लगायत क्षेत्र) मा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ नेपाली श्रमिकहरू संक्रमित पुष्टि भएका हुन् ।
यसमध्ये ११ जना नेपाली महिला संक्रमित रहेका छन् ।
ती संक्रमित मध्ये पनि केही नेपालीहरु उपचार पछि निको भई काममा फर्किसकेको जानकारी समेत नेपाली दूतावासले पाएको बताएको छ ।
साउदी अरबमा कोरोना संक्रमण भएदेखि यता १ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४३ हजार पुगिसकेको छ भने २५ सय २० जना निको भएर फर्किसकेका छन् ।
सोमबार यहाँ थप १,९११ जनामा संक्रमण भएको छ । सोमबारसम्म यहाँ कोरोनाको कारण मृत्यु हुनेको संख्या २७३ पुगेको छ ।
०००
प्रकाशित: २०७७ बैशाख ३१
०००
प्रकाशित: २०७७ बैशाख ३१
May 13th 2020
प्रतिक्रिया दिनुहोस्