नेपालमा कोरोना संक्रमित पुगे ३ हजार ४४८ः विश्वभर कहाँ कतिको मृत्यु ?
निर्माण सञ्चार, २५ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का थप २१३ नयाँ संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित मिडिया ब्रिफिङमा जानकारी दिदै प्रवक्ता विकास देवकोटाले यो आँकडा पुष्टि गरेका हुन् ।
नयाँ संक्रमितहरु मध्ये २ सय ९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् ।
कोरोना जित्नेहरु कति ?
नेपालमा कोरोना भाइरस जितेर उपचार पछि घर फर्कनेहरुको संख्या ४६७ पुगेको छ भने कोरोनाकै कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
निको हुनेहरुको प्रदेशगत विवरण
प्रदेश १ बाट ९१ जना
प्रदेश २ बाट १८६ जना
वाग्मती प्रदेशबाट ३२ जना
गण्डकी प्रदेशबाट ३ जना
प्रदेश ५ बाट १३३ जना
कर्णाली प्रदेशबाट ९ जना
सुदूरपश्चिम प्रदेशबाट १३ जना रहेका छन् । त्यस्तै, निको हुने मध्ये ३९९ पुरुष रहेका छन् भने ६८ जना महिला रहेका छन् । अघिल्लो दिन शुक्रबार मात्रै एकैदिन ४३ जनाले संक्रमितहरुले कोरोना जितेर घर फर्किएका थिए । त्यस्तै शनिबार ३२ जना उपचार पछि निको भएर घर गएका छन् ।
००० सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ २५
प्रदेश २ बाट १८६ जना
वाग्मती प्रदेशबाट ३२ जना
गण्डकी प्रदेशबाट ३ जना
प्रदेश ५ बाट १३३ जना
कर्णाली प्रदेशबाट ९ जना
सुदूरपश्चिम प्रदेशबाट १३ जना रहेका छन् । त्यस्तै, निको हुने मध्ये ३९९ पुरुष रहेका छन् भने ६८ जना महिला रहेका छन् । अघिल्लो दिन शुक्रबार मात्रै एकैदिन ४३ जनाले संक्रमितहरुले कोरोना जितेर घर फर्किएका थिए । त्यस्तै शनिबार ३२ जना उपचार पछि निको भएर घर गएका छन् ।
कस्तो छ विश्वभर कोरोना अपडेटः कति पुगे मृत्यु हुने ?
कोरोना भाइरस संक्रमणकै कारण आइतबारसम्म विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघिसकेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख १२१ पुगेको छ । अमेरिका नै आजसम्म मृत्यु बढी हुने देशमा दरिएको छ । अमेरिकामा कोरोनाबाट सबैभन्दा बढी १ लाख ९ हजार ८०२ जनाको निधन हुन पुगेको छ । त्यसपछि बेलायतमा ४० हजार ५०८ को कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यसपछि ब्राजिलमा मृत्यु हुनेको संख्या ३५ हजार ९३० पुगेको छ । कोरोना संक्रमितको विश्व आँकडामा पनि अमेरिका नै अघि रहेको छ । अमेरिकामा १९ लाख २० हजार बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्वभर कोरोना भाइरस संक्रमित हुनेको संख्या ६९ लाख नाघेको छ । आइतबारसम्म विश्वभर ६९ लाख १३ हजार ६०८ जना कोरोना भाइरसको संक्रमित पुष्टि भएका छन् । संक्रमितको दोस्रो स्थानमा परेको छ ब्राजिल । ब्राजिलमा ६ लाख ७२ हजार बढी मानिस कोरोना भाइरस संक्रमित रहेको छन् भने त्यसपछि रुसमा कोरोना संक्रमितको संख्या ४ लाख ६७ हजार नाघेको छ । आजसम्म विश्वभरबाट कोरोना जितेर निको भएकाहरुको संख्या ३० लाख ९५ हजार पुगेको छ ।००० सम्बन्धित समाचार
-
कोरोनाबाट कैलाली र डोल्पामा गरी २ को मृत्युः मर्नेको संख्या पुग्यो १३, संक्रमित नाघ्यो ३२ सय
-
आरडिटी परीक्षणले झुक्याएपछि एघारौं व्यक्तिको मृत्यु !
-
कोरोना संक्रमणबाट मृत्यु हुने दशौं व्यक्ति बने पाल्पाका ४० वर्षीय पुरुष
-
कोरोनाबाट निधन हुने नवौं व्यक्ति बनेः न्युरो सर्जरी गरिएको दोलखाका ७६ वर्षे बृद्ध
-
कोरोनाबाट आठौं निधनः मर्ने बाजुराकी २ वर्षीया बालिका दिल्लीबाट आएकी थिइन्
-
कोरोना संक्रमणबाट सातौं निधन !
-
कोरोनाबाट छैठौं मृत्युः घर फर्कदै गर्दा बाटोमै मृत्यु भएका युवामा कोरोना संक्रमण पुष्टि
-
एकैदिन थपिए ३३४ कोरोना संक्रमितः संक्रमितको संख्या नाघ्यो २६ सय
प्रकाशित: २०७७ जेठ २५
June 7th 2020
प्रतिक्रिया दिनुहोस्