नेपाली समय: ०८:३५:३८ pm
वि.सं २०८१ माघ ७   सोमवार

कोरोना विरुद्धको भ्याक्सिन बनाउनेसँग ‘सहवास’ गर्ने विश्वचर्चित पोर्न स्टार लोला टेलरको घोषणा !

निर्माण सञ्चार, २३ चैत, एजेन्सी । आजका दिनमा विश्वमहामारी (कोरोना भाइरस) बाट यो मानव धर्ती पूरै आक्रान्त छ । सबै देशहरु लगभग आफूलाई सम्हाल्दै यसै विरुद्ध लडिरहेका छन् । विश्वका स्वास्थ्य अनुसन्धाता र वैज्ञानिकहरु कोरोना विरुद्ध औषधी वा खोप पत्ता लगाउन जुटिरहेको अवस्था पनि छ ।

गत डिसेम्बुमा चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले महामारीको रूप लिएसँगै विश्व मानव समुदाय मानव मात्रको रक्षाका लागि विभिन्न प्रयत्न भयरहेकै छन् ।

विश्वको शक्ति राष्ट्र भनिएको अमेरिका यतिबेला सबैभन्दा कमजोर र हायलकायल सरी देखिएको छ भने आइतबार मात्रै अमेरिकामा एकैदिन १,०४८ को मृत्यु भएको छ । त्यस्तै, कोरोना अतिप्रभावित बन्दै गएको फ्रान्समा १,०५३ ले ज्यान गुमाए । 

आइतबारसम्म विश्वमा कोरोनाबाट मर्नेको संख्या ६५ हजार ८ सय ५० हाराहारीमा पुगेको छ भने संक्रमित हुनेको संख्या १२ लाख २० हजार हाराहारीमा पुगेको छ ।

विश्वका लगभग २ सय ८ राष्ट्रहरु विभिन्न रुपमा यसबाट आक्रान्त छन् । कुनै न कुनै रुपमा बन्द अर्थात् लक डाउन गरेर आफ्ना जनताको रक्षामा जुटिरहेका छन् ।

चीन, दक्षिण कोरिया, सिंगापुर जस्ता केही मुलुकले कोरोना नियन्त्रणमा सराहनीय उचाइ हासिल गरिसकेका पनि छन् भने युरोप र अमेरिका सबैभन्दा बरबादीतिर गइरहेका छन् ।

ती सरकार प्रमुखहरुले गरेका कमजोर प्रयत्नकै कारण अनाहकमा धेरैले कारोनाबाट मर्नु परिरहेको छ । 

...

ठिक यही बेला विश्व चर्चित रसियन पोर्न स्टारले अनौठो अफर सार्वजनिक गरेकी छन् । उनको यो अफर एक अंग्रेजी वेभसाइटमा प्रकाशित भयो । जसले सबैलाई चकित बनायो ।

ती व्यक्ति हुन् पोर्न इन्डस्ट्रिजकी चर्चित रसियन पोर्न स्टार लोला टेलर । 

उनले भनेकी छन्, ‘जुन डाक्टर या शोधकर्ताले कोरोना भाइरस नष्ट गर्ने भ्याक्सिन बनाउँछ म उसको ओच्छ्यानमा जान तयार छु ।’

हुन पनि उनले यो घोषणा गर्नु एक हिसाबले उपहारै मान्न पनि सकिएला । तर, पोर्न उद्योगमा आज कोरोना आतंकका कारण ९० प्रतिशत रोजगारी बन्द भएको छ। 

यसले धेरैलाई चिन्तित बनाएको पनि छ ।

यी पोर्न स्टार मास्कोमा आफ्नै घरमा बस्दै आएकी छन् । उनी एक्लै बस्दै आएकी छन्। उनी आफैं पनि घरबाहिर जान पाएकी छैनन्। 

ल्‍युबोभ बुसुयेवा खास नाम भएकी लोला टेलर पोर्न इन्डस्ट्रिजमा चर्चित नाम हो । लोला यो घोषणाका कारण यतिबेला अझै चर्चामा छिन् ।

हेरौं, विश्व मानव समुदायले एक दिन त अवश्य नै कोरोना माथि जित हासिल गर्ने नै छ । त्यतिबेला को व्यक्ति कोरोना विरुद्धको भ्याक्सिन वा औषधी पत्ता लगाउनेमा दर्ज हुने छ र लोलाले त्यो व्यक्तिलाई सहवासको मज्जा दिने छिन् । 

समयले देखाउला ।

०००



प्रकाशित: २०७६ चैत्र २३
April 5th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार