योजना आयोगबाट लगानी बोर्डः प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट
निर्माण सञ्चार, १९ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगमा पूर्वाधार, योजना तथा लगानी नीति निर्माताका रुपमा अब्बल छवि बनाएका सुशील भट्टलाई सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको छ ।
नवनियुक्त कार्यकारी अधिकृत भट्ट यस अघिसम्म योजना आयोगमा थिए । ऊर्जा मन्त्री वर्षमान पुनले दिएको जानकारी अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई सो पदमा नियुक्त गरेको हो ।
भट्ट अब यस पदमा ४ वर्ष रहने छन् । बोर्डमा यसअघि महाप्रसाद अधिकारी सिइओ थिए । अधिकारी गत चैतमा आफ्नो पदावधि अगावै नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त हुन पुगे । त्यसपछि बोर्डको सिइओ पद रिक्त थियो ।
बोर्डको सिइओ सिफारिस गर्न गठित अर्थमन्त्री डा युवराज खतिवडा संयोजक रहेको समितिले भट्ट सहित डा सरोज कोइराला र रामकृष्ण खतिवडाको पनि नाम मन्त्रीपरिषद् समक्ष सिफारिस गरेको थियो ।
०००
योजना आयोगमा आयोजना बैंकको तयारी गरिरहेका बेला झन्डै एक वर्ष अघि निर्माण मिडियाले आयोग सदस्य भट्टसँग लिएको अन्तर्वार्ता यस सन्दर्भमा यहाँ पुन प्रसारण गरिएको छ । जसमा आयोग सदस्य भट्ट कति स्पष्ट भिजनका साथ प्रस्तुत भएका छन्—
https://www.youtube.com/watch?v=CTfXgwZsz2Q
प्रकाशित: २०७७ साउन १९
प्रकाशित: २०७७ साउन १९
August 3rd 2020
प्रतिक्रिया दिनुहोस्