गोकर्णेश्वरको ३ नम्बर वडा कार्यालय बन्यो, नगर प्रमुख चालिसेले गरे उद्घाटन
निर्माण सञ्चार १३ चैत, काठमाडौं ।
गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले मेलम्चीको कार्यालयमा आयोजना भएको एक कार्यक्रलाई सम्बोधन गर्दै नगरवासीले पानी खान पाउने व्यवस्था गर्न खानेपानी मन्त्रालयलाई आग्रह गरेका छन् ।
विश्व पानी दिवसको अवसरमा खानेपानी मन्त्रालय र सरोकारवाला निकायले गरेको उक्त कार्यक्रममा बोल्दै पानीको मूल मुनीका बासिन्दाले पानी खान नपाउने नीति गलत भएको नगर प्रमुख चालिसेले बताएका हुन् ।
त्यस्तै, गोकर्णेश्वर नगरपालिकाको वडा नं ३ को नवनिर्मित भवनको नगरप्रमुख चालिसेले बुधबार एक समारोहबिच उद्घाटन गरे ।
एक करोड तेत्तिसलाखको लागतमा बनेको उक्त तीन तले भवन उद्घाटनलाई सम्बोधन गर्दै नगरप्रमुख चालिसेले आफ्नो ५ वर्षे कार्यकालको अत्यसम्ममा सबै वडाले आफ्नै सुविधासम्पन्न भवनबाट काम गर्ने बताए । ‘उपत्यकामा पानी यही नगरपालिकाबाट जाने गरे पनि त्यसको उपयोग स्थानीय नगरवासीले गर्न नपाउनु र हेरेर बस्न पर्नु दुःखको कुरा हो’ नगरप्रमुख चालिसेले भने ।
आफ्नै आयोजनाको पानी नगरवासीले खान नपाउनुको पीडा बुझेर आवश्यक नीत बनाई पानी उपलब्ध गराउन माग गर्दै दीर्घकालीन सोच वीनाको विकासले देश अगाडी बढ्न नसकेकोप्रति जोड दिए । हचुवामा काम गर्ने जागिरे विज्ञका कारण देशले सही दिशा लिन नसकेको नगरप्रमुख चलिसेले आरोप लगाए । नगर प्रमुख चालिसेले देशमा नीति योजनामा देखिएको गल्तिले नागरिकले दुःख पाइरहेको प्रष्ट पारे । खेलकुदलाई विशेष प्राथमिकता दिने नगर गोकर्णेश्वर यसैबिच गोकर्णेश्वर नगरपालिका खेलकुदमा बजेट विनियोजन गर्ने देशकै पहिलो नगरपालिका भएको नगरप्रमुख चालिसेले दाबी गरेका छन् । नगरपालिकाको युवा तथा खेलकुद विकास समितिको १० गते कार्यालय उद्घाटन गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । खेलकुदले नगरपालिकाको शान र नाम बढाएको भन्दै नगरप्रमुख चालिसेले नगरपालिकाको सहयोगमा व्याटमिण्टन कोर्टहरु, कराँते हलहरु, भलिबल कोर्टहरु बनिरहेका र २ वटा फुटबल गा्रउण्ड समेत १ महिना भित्र तयार हुने गरी निर्माण भैरहेको जानकारी समेत गराए । देशभरमै यो नगरपालिका खेलकुदमा अग्र स्थानमा रहेकोमा खुशी व्यक्त गर्दै विभिन्न खेलका धेरै खेलाडी र प्रशिक्षक यसै नगरपलिकामा रहेकाले खेलकुदलाई प्राथमिकतामा राखिएको प्रष्ट नगरप्रमुख चालिसेले प्रष्ट पारे ।
०००
प्रकाशित: २०७८ चैत्र १३

March 27th 2022
प्रतिक्रिया दिनुहोस्