
अमेरिकामा मर्नेको संख्या बढ्योः जेलमा कैदी समेत मर्न थालेपछि न्युयोर्क सरकार गम्भीरः (डाटासहित)
निर्माण सञ्चार, २६ चैत ०७६, एजेन्सी । विश्वमहामारी कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा खतरा जोनमा पुगेको अमेरिकाले यतिबेला विश्वमै सबैभन्दा क्षति व्यहोरिरहेको छ ।
कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु भएको छ भने आजसम्म कूल १२ हजार ९ सय २ जनाको मृत्यु भएको छ ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २८ हजार ७ सय ३५ जनामा संक्रमण देखिएको छ । हालसम्म कूल ३ लाख ९८ हजार ९ सय २१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
संक्रमितमध्ये ९ हजार १ सय ६९ को अवस्थामा गम्भीर छ भने २१ हजार ६ सय ७४ संक्रमित निको भएर घर फर्किएका छन् ।
यो तथ्यांक अन्तर्राष्ट्रिय समाचार एजेन्सी दि गार्जियनबाट लिइएको हो ।
०००
प्रकाशित: २०७६ चैत्र २६
सबैभन्दा गम्भीर अवस्थामा न्युयोर्कः एकैदिन ज्यान गुमाउनेको नयाँ रेकर्ड
कोरोना संक्रमणबाट पछिल्ला दिनमा सबैभन्दा प्रभावित न्यू योर्कमा एकैदिन ज्यान गुमाउनेको संख्याले नयाँ रेकर्ड बनाएको छ । न्यू योर्क गभर्नर एन्ड्रियू कुमोले गएराति मंगलबार कोरोना भाइरस संक्रमणले ज्यान गुमाउनेको संख्या एकैदिन हालसम्मकै उच्च रहेको जनाएका हुन्। जहाँ एकैदिन ७३१ को ज्यान गएको छ। तर, विगतका दुई दिनलाई हेर्दा त्यहाँ संक्रमण अनुपात घटेको थियो । बितेका दुई दिनमा संक्रमणदर र मृतक संख्यामा कमी आएको देखिएको थियो । यो एकै दिन मृत्यु हुने अहिलेसम्मकै धेरै हो । गभर्नर कुमोले मंगलबारसम्म न्युयोर्कमा मृत्यु हुनेको संख्या ५ हजार ४ सय ८९ पुगेको जानकारी दिएका हुन् । संक्रमितको संख्या १ लाख ३८ हजार आठ सय ३६ पुगेको छ । जेलमा समेत कोरोना संक्रमणबाट मृत्यु भएपछि स्थानीय सरकार गम्भीर भएको छ । न्युयोर्कको जेलमा ५३ वर्षका माइकल टाइसनको कोरोना संक्रमणबाट मृत्यु भएको छ । न्युयोर्क जेलमा मृत्यु हुने पहिलो व्यक्ति टाइसन बनेका छन् । उनी न्युयोर्कको ठूलो जेल राइकर्स आइल्यान्डमा राखिएका थिए । सोमबार न्युयोर्कका जेलमा रहेका २ सय ८६ कैदी र ३ सय ३१ कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।डाटामा अमेरिका कोरोना संक्रमण
०००
प्रकाशित: २०७६ चैत्र २६
April 8th 2020
प्रतिक्रिया दिनुहोस्