नेपाली समय: ०३:१५:०६ बिहान
वि.सं २०७७ साउन २०   मंगलवार

कोरोनाबारे नयाँ तथ्यः ‘विश्वभर फैलिदैछ ३ प्रकारका कोरोना भाइरस, कोभिड–१९ त आफैंमा बदलिन सक्ने खतरनाक तथ्य भेटियो !

निर्माण सञ्चार, २९ चैत, एजेन्सी । बेलायतको क्याम्व्रिज विश्वविधालयले विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) बारे नयाँ तथ्य सार्वजनिक गरेको छ । 

विश्वविद्यालयको एक टोलीको अनुसन्धानले कोरोना भाइरसका ३ प्रकारका फरक–फरक जिवाणु रहेको तथ्य फेला परेको हो । 

डिसेम्बरबाट मार्चसम्मको कोरोना संक्रमणको तहगत अध्ययन गर्दा उनीहरुले यस्तो तथ्य पाएका हुन् ।

उनीहरुले ३ प्रकारका कोरोना जिवाणु भएको तथ्य फेला पारेको उल्लेख गरेका छन् र उनीहरुको यो पनि दाबी छ कि अमेरिकामा संक्रमित कोरोना भइरस चाहिँ चीनको हुवानमै सुरु भएको कोरोना जिवाणुबाट भएको संक्रमण हो ।

अध्ययन अनुसार उक्त ३ वटा कोरोना जिवाणु फरक फरक प्रकारहरु छन् । 

जसमा पहिलोलाई टाइप ‘ए’ भनिएको छ । यो प्रकारको भाइरस चाहिँ हुवानमा चमेरोमार्फत मानिसमा सरेको जिवाणु रहेको उक्त अध्ययनको निष्कर्ष छ ।

केही समय अघि चिचियाँहरुले नै गरेको खोजले यी चमेराहरुमा सालकहरुबाट कोरोना सरेको हुनसक्ने अनुमान थियो । 

बेलायतको उक्त टोलीले पनि यस्तै निष्कर्ष निकालेको छ ।

उनीहरुका अनुसार यो मात्र कोरोनाको विशुद्ध प्रजाति भने हैन । डिसेम्बर महिनामा क्रिसमस ताका नै टाइप ‘बी’ कोरोना मानिसमा सरिसकेको उनीहरुको ठम्याइ छ ।

सबैभन्दा बढी सरेको चाँहि टाइप ‘ए’ कोरोना जिवाणु पाइएको उक्त अध्ययन बताउँछ ।

जुन अहिले अष्ट्रेलिया, चीन र अमेरिकामा व्यापक रुपमा संक्रमित बन्यो ।

यो टाइप ‘ए’ बाट अहिलेसम्म ४ लाख बढी संक्रमितहरु देखिन्छन् । अमेरिकाका दुई तिहाई संक्रमित स्याम्पलहरु टाइप ‘ए’ भाइरसहरु पाइएको अध्ययन बताउँछ ।

तर रहस्यको कुरा के भने टाइप ‘ए’ जिवाणु पाइए पनि संक्रमितहरु पश्चिम तटबाट आएको पाइएको छ । जबकि अमेरिकामा सर्वाधिक संक्रमित सहर न्यूयोर्क हो जुन पश्चिममा छैन । 

डाक्टर पिटर फोस्टर र उनका सहयोगीले गरेको अध्ययनमा बेलायत चाँहि टाइप ‘बी’ संक्रमणले ग्रस्त भएकाृ पाइएको छ । 

अध्ययनले यो पनि भनेको छ कि, स्विटजरल्याण्ड, जर्मन, फ्रान्स, बेल्जियम र नेदरल्याण्डमा पाइएका दुई तिहाई स्याम्पलहरु जाँच गर्दा टाइप ‘बी’ नै भएको पाइएको छ । 

तेस्रो टाइप ‘सी’ चाँही युरोपमा संक्रमित भएको हो जुन सिंगापुरमार्फत सरेको उल्लेख छ । 

खोजकर्ताहरुका अनुसार कोरोना अर्थात् कोभिड–१९ का जिवाणुले जनसंख्या अनुसार तिनीहरुको रोगप्रतिरोधात्मक क्षमता निष्क्रिय गराउन आफूमा रुपान्तरण अर्थात म्यूटेसन सम्म पनि गर्न सक्ने नयाँ तथ्य पत्ता लागेको छ । 

यो झनै भयानक कुरा हो । 

उनीहरुको अध्ययनले नयाँ अर्काे तथ्य पनि भेटाएका छन् कि अमेरिकीहरुमा गत डिसेम्बर अघि नै कोरोना संक्रमण भइसकेको सम्भावना देखिन्छ । तर, उनीहरुले यसका लागि थप थप ठूलो अध्ययन गरिनुपर्ने बताएका छन् । 

यो अध्ययनले टाइप बी अर्थात टाइप–२ चाँही अत्यन्त सक्रिय रुपमा फैलिरहेको उल्लेख गरेको छ । जुन समाचार अंग्रेजी ‘डेलीमेल’मा प्रकाशित भएको छ ।


०००



प्रकाशित: २०७६ चैत्र २९
April 11th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार