सनसिटी अपडेटः र्यापिड टेस्टमा सबैको रिपोर्ट ‘नेगेटिभ’, पिसिआर टेस्टमा कस्तो होला रिपोर्ट ?
निर्माण सञ्चार, ३ वैशाख, ०७७ काठमाडौं । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको ‘ब्लक ए’ मा बस्दै आएका सबैको कोरोना भाइरस कोभिड १९ को र्यापिड टेस्टको नेगेटिभ रिपोर्ट आएको छ ।
बेलायतबाट एक महिना अघि आएर सोही अपार्टमेन्टमा बसेका एकै परिवारका दुई जनामा कोरोना भाइरस संक्रमण पछि सिल गरिएको आपर्टमेन्टमा बुधबार गरिएको र्र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) नतिजा भने सबैको नेगेटिभ आएको हो ।
‘ब्लक ए’ मा रहेका २९८ को र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) को रिपोर्ट नेगेटिभ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो । पिसिआर परीक्षण भने गरिएको छैन ।
जबकि, सोही ब्लकमा बस्ने एकै परिवारका दुई जना मध्ये बुहारीको पिसिआर परीक्षण नतिजा भने नेगेटिभ देखिएको मन्त्रालयले पुष्टि गरेको छ । परिवारका आमा र छोरोसँगै गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा भने तिनै महिला (बुहारी) को पोजेटिभ रिपोर्ट आएको थियो ।
कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले दिएको जानकारी अनुसार परीक्षण गर्दा ए ब्लकमा बस्ने सबैको तथा अरु ब्लकमा बस्ने स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरुको गरी २ सय ९८ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरिएको थियो ।
सबैको रिपोर्ट नेगेभिट आएको हो ।
सनसिटी हाउजिङमा ५वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय मानिस बस्दै आएको हाउजिङ प्रशासनले जानकारी दिएको छ ।
अघिल्लो दिन पोजेटिभ देखिएका एकै परिवारका ३ जना भने अहिले पनि अस्पतालको आइसोलेसनमा रहेका छन् । बुहारीको पिसिआर विधिको परीक्षण भने नेगेटिभ रहेको पुष्टि भइसकेको छ ।

००० पढौं यो पनि
प्रकाशित: २०७७ बैशाख ३

००० पढौं यो पनि
सनसिटीमा बस्दै आएका २ मा कोरोना संक्रमण पुष्टिः पाटन अस्पताल भन्छ, ‘एक जनाको रिपोर्ट आउँदै छ’
प्रकाशित: २०७७ बैशाख ३
April 15th 2020
प्रतिक्रिया दिनुहोस्