नेपाली समय: ११:५९:२५ राती
वि.सं २०८३ बैशाख ८   मंगलवार

सनसिटीमा बस्दै आएका २ मा कोरोना संक्रमण पुष्टिः पाटन अस्पताल भन्छ, ‘एक जनाको रिपोर्ट आउँदै छ’

निर्माण सञ्चार, २ वैशाख ०७७, काठमाडौं

पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टबाट सोमबार पाटन अस्पताल भर्ना गरिएका एकै परिवारका २ सदस्यमा भने कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोराना भाइरस संक्रमणको संख्या १६ पुगेको छ । 

तर, सोही दिन सोही परिवारका अर्काे एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको अस्पताल स्रोतले बतायो ।

स्रोत अनुसार करिब १ महिना अघि बेलायतबाट नेपाल फर्केका एकै परिवारका ती सदस्य मध्ये ८१ वर्षीया आमा र ५७ वर्षीय छोरामा कोरोनाको संक्रमण पुष्टि भएको हो । तर बुहारीको रिपोर्ट भने आउन बाँकी छ।

सनसिटी हाउजिङ आसपास स्थानीयले दिएको जानकारीका आधारमा प्रहरीले उनीहरुलाई फलो गरेको स्थानीय बताउँछन् । 

बेलायतबाट आएपछि ती मानिसहरु सिधै प्रहरीको सम्पर्कमा जानु छाडेर एक महिनासम्म लुकेर बसेका थिए ।

प्रहरीका अनुसार ज्वरो देखिएपछि सो परिवारले स्वास्थ्य जाँच गर्न स्वास्थ्य टोलीसँग सम्पर्क गरेको थियो ।

सोमबार गरिएको र्‍यापिड टेस्ट क्रममा एन्टीबडी पोजेटिभ देखिएपछि उनीहरुलाई पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोत अनुसार बुहारीको रिपोर्ट नेगेटिभ आएको छ । तर, उनको पुनर्परीक्षण गरिदै छ ।

मन्त्रालयको फेसबुक पेजमा हेरौं– 

https://www.facebook.com/mohpnep/posts/872926733195847?__xts__[0]=68.ARBbld1Hh5vywpEW1FMz_j1Lan8SFaGHPfN4bSoOMYI9s3aKjs3VlIi_fdy1vx938XIftgXp1uCXomqOdeI5BaHsW_-4NkJcaHUT1A_p2yCbx5Vv4iKTwGWo7ZBJma6RPX3tS_gBlo-w3Knxhgy9gmGvKwBG-Ie3ZsST9YW0kTr8HoqgSrblXpne7BMCegZ_EO_lgvjMsFuGw6vMnrjhL0hz9YM4g96Ee6jzlJMyuQg8RyioOFnK_78-LwTc54_WSLKw7MsbAcm70i0QBqgL9KvNWSP_jsk_WS38PJ5xP_MU0ZazmjuV4eOZ_ksIcNrc3bZjz43PYVYAWIYOLN8&__tn__=-R मन्त्रालय अनुसार सो अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको पनि आजैदेखि नमूना परीक्षण सुरू गरिएको छ भने उनीहरूसंग संलग्नहरूको ट्रेसिङ सुरू भएको छ ।

...

सनसिटीमा हाउजिङमा पाँचवटा बिल्डिङ रहेका छन् । यो कोरोना संक्रमण देखिएको परिवार भने ए’ बिल्डिङमा बस्दै आएका छन् ।

उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले सोमबारै सिल गरेको छ भने आसपास र भित्र रहेका मानिसहरुलाई आवागमन गर्न दिइएको छैन ।

 

०००

पढौं यो पनि

बेलायतबाट आएका सनसिटीमा बस्ने एकै परिवारका ३ मा कोरोना आशंकाः पाटन अस्पतालमा भर्ना

कैलाली र रौतहटको नयाँ संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४: विश्वमा कस्तो छ अवस्था ?

कोरोना अपडेटः ‘नेपालमा कोरोनाबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन’

आयो रिपोर्टः वीर अस्पताल र पाटनमा मृत्यु हुने तिनै जनामा ‘कोरोना संक्रमण नभएको’ पुष्टि

नेपालमा कारोनाः भेटिए छैठौं कोरोना संक्रमित, उनी पनि चैत ४ कै यात्रु

नेपालमा कहाँ कहाँ हुन्छ कोरोनाको उपचार ? हेर्नुहोस् सातै प्रदेशको (सूचि सहित)

कोरोनाको पाँचौं रोगीले जन्माएको आशंकाः विदेशबाट आएका नेपालीको चरम लापरबाही, रोग बोक्दै गुपचुप भाग्ने कि चेकजाँच गराउन थाल्ने ?

 

 



प्रकाशित: २०७७ बैशाख २
April 14th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार