बागलुङकी ६५ वर्षे वृद्धा पनि कोरोना जितेर घर: कोरोना जित्ने उनी तेस्रो बनिन्
निर्माण सञ्चार, ६ वैशाख, काठमाडौं । छैठौं कोरोना भाइरस (कोभिड १९) संक्रमित बनेकी बागलुङकी ६५ वर्षीया महिलाले पनि कोरोना माथि विजय प्राप्त गरेकी छन् ।
उनको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि उनलाई पनि अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले यसबारे जानकारी दिदै भने, ‘उहाँ (महिला) को अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको छ । हामीले सुरक्षित तरिकाले घरमा बस्नेबारे भनेका छौं । अब डिस्चार्ज पनि हुँदै छ ।’
उनी गत चैत २० गते संक्रमण पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालमा भर्ना भएकी थिइन् ।
उनी पनि चैत ४ गते बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् ।
उनी जस्तै सोही दिन एउटै विमानबाट नेपाल आएका अन्य ३ मा पनि कोरोना संक्रमण देखिएको थियो ।
तीमध्ये काठमाडौं घर भएकी १९ वर्षे युवती शनिबार डिस्चार्ज भएकी छन् भने थप ३ जना उपचारमै छन् ।
बागलुङकी अर्की युवती भने धौलागिरि अस्पतालमै उपचाररत रहेको अस्पताल स्रोतले बताएको छ ।
उनको अवस्था सामान्य नै छ ।
०००
प्रकाशित: २०७७ बैशाख ६
दोस्रो कोरोना संक्रमित युवती कोरोना मुक्तः २७ दिनपछि फर्किइन घर
प्रकाशित: २०७७ बैशाख ६
April 18th 2020
प्रतिक्रिया दिनुहोस्